Trending
>>   संसद अवरोध जारी रहोस् भन्ने सरकारको चाहना छः अध्यक्ष दाहाल >>   संसदीय समितिमा गुनासोः ‘स्थलगत अनुगमनका लागि बजेट पुगेन’ >>   ब्राजिलले २०२५ को मुद्रास्फीति पूर्वानुमानलाई ५.२५ प्रतिशतमा घटायो >>   तेहरान विमानस्थलमा २ वटा एफ १४ युद्धविमान खसालेको इजरायलको दाबी >>   बजेटको समयमा संसदीय समितिमा विधेयकमाथि छलफल नगरौँः सांसद यादव >>   रुसी र इरानी राष्ट्रपतिसँग एर्दोगानको कुराकानी >>   जलवायु अनुकुलन कार्यक्रमहरु लागू गर्दै अघि बढ्नुको विकल्प छैनः वनमन्त्री ठकुरी >>   मोरक्को र पानामा द्विपक्षीय सहयोग बढाउन सहमत >>   अन्योलमा धुलिखेल खावा सडकः ठेक्का रद्धपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन >>   इजरायलले सीमा बन्द गरेसँगै पश्चिम क्षेत्रका प्यालेस्टिनीको जनजीवन ठप्प
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

मलेसियाका पूर्व प्रधानमन्त्रीकी पत्नीलाई एक दर्जनभन्दा बढी आरोपमा सफाइ


काठमाडौँ। मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाककी श्रीमतीविरुद्ध दायर गरिएको एक दर्जनभन्दा बढी सम्पत्ति शुद्धीकरण तथा कर छलीको अभियोगलाई मलेसियाको एक अदालतले बिहीबार खारेज गरिदिएका छन् ।

७३ वर्षीया रोसमाह मन्सोरमाथि सन् २०१३ को डिसेम्बर ४ देखि सन् २०१७ को जुन ८ को बिचमा ७१ लाख रिंगिट (झण्डै १६ लाख अमेरिकी डलर) सहित सम्पत्ति शुद्धीकरणसम्बन्धी एक दर्जनभन्दा बढी आरोप लगाइएका थिए ।

उच्च अदालतका न्यायाधीश के मुनिआन्डीले सबै १७ वटा आरोपमा ‘सत्यता, औचित्यता र वैधानिकताको अभाव’ भएको भन्दै खारेज गर्दै ‘सफाइ’ को आदेश दिएको एएफपीलाई प्राप्त भएको निर्णयको प्रतिलिपिमा उल्लेख छ ।

महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णयविरुद्ध अपिल गर्ने बताएको मलेसियाली सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२२ को सेप्टेम्बरमा भ्रष्टाचारको अभियोगमा रोसमाहलाई १० वर्षको जेल सजाय सुनाएका थिए तर उनले उक्त सजायविरुद्ध अपिल गरी जमानतमा छुटेकी थिईन्।

उनिविरूद्ध आफ्नो पतिको शासनकालमा बोर्नियो टापुको मलेशियाली भागमा ग्रामीण विद्यालयहरूको लागि सौर्य ऊर्जा परियोजना सुरक्षित गर्न सहयोग पुर्‍याएको भन्दै एक कम्पनीसँग घूस लिएको आरोप लगाइएका थिए ।

रोस्माहको महङ्गा ह्यान्डब्याग, लुगाफाटा र गहनाको विशाल सङ्ग्रहको लागि मलेसियालीहरूले लामो समयदेखि आलोचना गर्दै आएका छन् । सन् २०१८ को चुनावमा पतिको पराजयपछि उनको घरमा प्रहरीले छापा मारेपछि उनका विलासिताका सङ्ग्रहबारे चर्चा भएको थियो ।

उनलाई विलासी जीवनका लागि फिलिपिन्सकी पूर्व प्रथम महिला इमेल्डा मार्कोससँग तुलना गरिरेका थिए र सत्ताच्युत गरिएका पूर्व प्रधानमन्त्रीको सत्ताले आर्थिक रूपमा सङ्घर्षरत र मध्यमवर्गीय मलेसियालीहरूसँग सम्पर्क गुमाएको आरोप लगाएका थिए ।

नजिब सार्वभौम सम्पत्ति कोष वनएमडीबीमा भएको ठूलो आर्थिक घोटालासँग सम्बन्धित भ्रष्टाचारको आरोपमा छ वर्षको जेल सजाय काटिरहेकी छिन्। उनले नजरबन्दमा बाँकी सजाय भुक्तान गर्न अपिल दायर गर्नुभएको छ र जनवरी ६ का लागि सुनुवाइ तय गरेका छन् ।

बन्द अवस्थामा रहेको सरकारी कम्पनीबाट अर्बौं डलर हिनामिना भएको भनिएको वनएमडीबी प्रकरणले उहाँविरूद्ध संयुक्त राज्य अमेरिका, स्विट्जरल्याण्ड र सिङ्गापुरमा अनुसन्धान सुरु गरेका छन् ।


प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?