Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

०८१ भित्रै देशैभर फोरजी सेवा पुर्याउँदैछौँः मन्त्री गुरुङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले २०८१ भित्रै नेपालभर फोरजी सेवा बिस्तार गर्ने लक्ष्य लिएको बताएका छन् ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मन्त्रालयले अहिले देशभर नै फोरजी सेवा राम्रोसँग चल्नसक्ने बनाउन काम गरिरहेको बताए । उनले नेपालको सबै घरमा अब फोरजी चालु हुनुपर्ने भन्दै त्यसका लागि सरकारले व्यवस्थापन गरिरहेको बताउदै उनले कतै नेटवर्क टिप्ने र कतै नटिप्ने गुणस्तरहिन नेटवर्क रहेको भन्दै सबैतिर फोरजी नेटवर्क टिप्ने बनाउन लागिपरेको बताएका छन् । सकेसम्म यही वर्षभित्र फोरजी सबैतिर चल्ने वातावरण बनाउने उनको भनाइ छ । सबैको घरमा रेडियो बजोस्, सबैको घरमा टेलिभिजन हेर्न पाइयोस् र सबैको घरमा नेटवर्क टिपोस् भन्नेकुरा नै आजको आधुनिक जमानाको जनताको आवश्यकता भएको उल्लेख गरे ।

उनले भने, ‘आइटी इन्फास्ट्रक्चर नभइकन आइटी हब स्थापना गर्न सकिँदैन । आइटी इन्भेष्टको विकास पनि हुँदैन । पहिलो कुरा त इन्फास्ट्रक्चर बन्नुपर्यो । त्यसको लागि नेपालको सबै घरमा अब फोरजी एक्टिभ हुनुपर्यो । सबै घरमा । अहिले कहीँ टिप्छ, कहीँ टिप्दैन । कहीँ बोल्दा बोल्दै काटिन्छ, कहीँ के हुन्छ ? यस्तो किसिमको अनिस्टेबल, क्वालिटी बिहीन परिस्थिति छ, यसलाई अन्त्य गर्छु भनेर लागेको छु म । यो वर्ष सकिन्छ की सकिँदैन हेरौँ । फोरजी कभरेज नेपालभर, नेपालको हरेक घरमा पुगोस् । हरेक घरमा नेपालको रेडियो बजोस्, हरेक घरमा नेपालको टेलिभिजन हेर्न पाइयोस् । हरेक घरमा बिजुली पुगोस् । हरेक घरमा नेट आओस् । त्यो आजको आधुनिक जमानाको जनताको आवश्यकता हो ।’

मन्त्री गुरुङले देश विकास गर्न योग्य व्यक्तिलाई नागरिकले चुन्नुपर्ने बताउदै सक्षम व्यक्तिले देशको नेतृत्व नलिएसम्म विकास हुन नसक्ने बताए ।


प्रकाशित मिति: २१ मंसिर २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?