Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

नेपालमै विद्युत खपत बढाउनुपर्छः राज्यमन्त्री तामाङ


काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपालमै विद्युत खपत गर्न सक्नुपर्नै बताएका छन् ।

फोटो पत्रकार क्लवको मंगलवारबाट काठमाडौंको कला परिषद्मा शुरु भएको पावरिङ—नेपालः उर्जा क्षेत्रमा एशियाली विकास बैंक(एडिबी)—नेपाल साझेदारीको पाँच दशक विषयक फोटो प्रदर्शनीको उद्घाट गर्दै उनले यस्तो बताएका हुन् । राज्यमन्त्री तामाङले नेपालमा उत्पादित विद्युत अब बेच्नेतिर भन्दा पनि स्वदेशमै खपत बढाउनुपर्नेमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । उत्पादित विद्युत खपत बढाउन नेपालमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले भने , ‘अब हामी नेपालमा विद्युत यत्रो उत्पादन शुरु भइरहेको छ । अब विद्युत बेच्ने कुराहरु भनिसक्नुभएको छ । बंगलादेश, भारतमा बेच्ने कुराहरु भइरहेको छ । तर अब नेपालमा खपत गर्नुपर्छ । काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा करिव ३ हजार ट्याक्सीहरु चलिरहेको छ । पोखरामा २२ सय ट्याक्सी चलिरहेको छ पेट्रोलमा । विराटनगर, भैरहवा, जेपालगञ्ज, जनकपुरमा चलिरहेको छ । अब उर्जा मन्त्रालयले विद्युतीय ट्याक्सी चलाउन विदेशी दातासँग सहयाग मागेर अघि बढ्नुपर्छ ।’


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?