Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

नेपालमै विद्युत खपत बढाउनुपर्छः राज्यमन्त्री तामाङ


काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले नेपालमै विद्युत खपत गर्न सक्नुपर्नै बताएका छन् ।

फोटो पत्रकार क्लवको मंगलवारबाट काठमाडौंको कला परिषद्मा शुरु भएको पावरिङ—नेपालः उर्जा क्षेत्रमा एशियाली विकास बैंक(एडिबी)—नेपाल साझेदारीको पाँच दशक विषयक फोटो प्रदर्शनीको उद्घाट गर्दै उनले यस्तो बताएका हुन् । राज्यमन्त्री तामाङले नेपालमा उत्पादित विद्युत अब बेच्नेतिर भन्दा पनि स्वदेशमै खपत बढाउनुपर्नेमा ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । उत्पादित विद्युत खपत बढाउन नेपालमा विद्युतीय सवारीसाधनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उनले भने , ‘अब हामी नेपालमा विद्युत यत्रो उत्पादन शुरु भइरहेको छ । अब विद्युत बेच्ने कुराहरु भनिसक्नुभएको छ । बंगलादेश, भारतमा बेच्ने कुराहरु भइरहेको छ । तर अब नेपालमा खपत गर्नुपर्छ । काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा करिव ३ हजार ट्याक्सीहरु चलिरहेको छ । पोखरामा २२ सय ट्याक्सी चलिरहेको छ पेट्रोलमा । विराटनगर, भैरहवा, जेपालगञ्ज, जनकपुरमा चलिरहेको छ । अब उर्जा मन्त्रालयले विद्युतीय ट्याक्सी चलाउन विदेशी दातासँग सहयाग मागेर अघि बढ्नुपर्छ ।’


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?