Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सही ढंगले सहकारी ऐनको कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्तः मन्त्री अधिकारी


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ को सही ढंगले कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्त भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित ‘सहकारीको समसामयिक अड्चन र निकास’ विषयक प्रदेशस्तरीय गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले सहकारी क्षेत्रमा काम गर्ने क्रमममा सरोकारवाला निकायहरु ऐनको कार्यान्वयन गरेर अगाडि नबढेकै कारण सहकारी क्षेत्रमा समस्या देखापरेको बताए । उनले सहकारी क्षेत्रमा कसरि जाने र ऐनको कार्यान्वयनको गरेर अगाडि बढ्ने कुरामा को कति प्रतिवद्ध छौं ? भनेर प्रश्न समेत गरे । उनले विगतमा भएका र देखिएका कमी,जोरीहरुलाई अब दोहोरिन नदिने गरी जानको लागि ऐन र काम गर्ने विधिहरु समयानुकुल बनाउनुपर्ने कुरामा जोड दिए ।

मन्त्री अधिकारीले भने , ‘सहकारी ऐन, २०७४ मा आयो । त्यो ऐन अन्तर्गत काम गर्ने सन्दर्भमा हामीले त्यो ऐनमा उल्लेखित विषयहरुलाई सँगै लिएर काम गरेको भए अहिले सहकारीमा यस्ता समस्याहरु आउँदैनथ्यो । ऐन उल्लङ्घनको कारणले अहिले यो समस्याहरु देखाप¥यो । त्यसकारण हामी कसरि जाने र ऐनको कार्यान्वयनको गरेर अगाडि बढ्ने कुरामा कति प्रतिवद्ध छौं ? यदि त्यसरि अगाडि बढ्न सकेको अवस्थामा सहकारी सही कि गलत भन्ने छुट्टिन्छ भन्ने मलाई लाग्छ । विगतमा भएका र देखिएका कतिपय कमजोरीहरुलाई पनि अब नदोहोरिने गरी जानको लागि अब के गर्नुपर्छ भन्ने कुरा ख्याल गर्नुपर्दछ । सबै कुरा सधैंको लागि समाधान हुन्छ, अरु केही गर्नै पर्दैन भन्ने पनि होइन । काम गर्दै जाँदा भएका घटनाक्रमहरु र विकासक्रमहरुलाई मध्यनजर गर्दै समयसँगै हामीले काम गर्ने विधि र ऐनहरु पनि संशोधन गर्दै जानुपर्छ । अहिले सहकारीमा देखिएका समस्याबाट निकासका लागि समाधानको बाटो खोज्यौं भने पनि त्यो पर्याप्त हुँदैन । फेरि पछि गर्ने कामका प्रक्रियासँगै काूननहरु पनि परिमार्जन गर्दै जानुपर्दछ ।’

उनले बजारमा सहकारीसँग जोडिएका वित्तीय संस्थाहरु ठिक होइनन् भन्ने विश्लेषण बजारमा भइरहेको उल्लेख गर्दै उक्त भाष्यलाई गलत सावित गर्न सबै जिम्मेवार भएर लाग्न जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?