Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनकः मन्त्री पाण्डे


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको बताए ।

सोमवार राति निर्माण भइरहेको विमानस्थलको रनवे र ट्याक्सी वेको स्थलगत अनुगमनपछि उहाँले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विमानस्थल निर्माण कार्य तिब्र गतिमा भइरहेकाले समय भन्दा अगावै सम्पन्न हुने बताए । उनले यही गतिमा काम हुने हो भने दिनको १० घण्टा बन्द गर्नु नपर्ने पनि बताए । चैत्र १८ गतेसम्म तोकेको समय भन्दा अगावै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै १० घण्टा बन्द गरेर काम गर्नुपर्ने अवस्थालाई ८ घण्टामा झार्न सकिने उल्लेख गरे । उनले कामलाई निर्धारित गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरेका छन् । उनले हरेक परियोजनामा समयमै काम नहुने, ठेक्का तोडिने र सडक भवन अलपत्र हुने अवस्था रहेको भन्दै कम्तिमा विमानस्थलमा भइरहेको निर्माणको कामले तोकिएकै समयमा काम गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे ।

उनले भने, ‘भइरहेको एयरपोर्ट निर्माण गरेर यसको क्षमता बढाउने भन्ने हाम्रो उद्देश्यअनुसार निर्माण के कस्तो भइरहेको छ । तीन घण्टा त पहिला पनि बन्द हुन्थ्यो प्लस ७ घण्टा समेत गरेर १० घण्टा एयरपोर्ट बन्द गरेर काम हामीले युद्धस्तरमा गरिरहेका छौँ । भइरहेको काम के कति प्रगतिका साथ, कस्तो गतिका साथ अघि बढिरहेको छ, भनेर हेर्न भनेर हामी आएका हाँै । हामीले सोचेअनुसार नै तिब्र गतिमा बढो तदारुकताका साथ सबै साइटडहरुमा काम भइरहेको हामीले देख्यौँ । यसबाट हामी के अनुमान गर्नसक्छौँ भने हामीले जुन समय तोकेका छौँ, चैत्र १८ गतेसम्म १० घण्टा एयरपोर्ट क्लोज गरेरै काम गर्छौं भन्ने समय तोकेका थियौँ । त्यो भन्दा पनि पहिला पो काम भ्याइन्छ की ? यो एयरपोर्ट १० घण्टा बन्द गर्नुपर्ने समयलाई केही घटाउन सकिन्छ की ? यस्तै तरिकाले काम हुने हो र यहाँका उपकरणदेखि यहाँको जनशक्ति राम्रो गरी परिचालित हुने हो, यसरी नै परिचालित हुने हो भने यो १० घण्टालाई ८ घण्टामा झार्न सकिने हो की जुनकुरा हामीले पहिला पनि कोशिस गरेका थियौँ । यो ५ महिनालाई घटाउन सकिएला की ? १० घण्टालाई घटाउन सकिएला की ? भन्ने जे सोचेका थियौँ ? अहिले जसरी तिब्र गतिले काम भइरहेको छ ? त्यसपट्टि पनि आशा पलाएको छ । दोस्रो एयरपोर्ट बनाउने जस्तो कुरा ट्याक्सी वे र रन वेको बीचको जुन कनेक्टिङ वे हामी बनाउँदैछौँ । त्यो भनेको रनवे जत्तिकै बलियो हुनुपर्छ, मजबुत हुनुपर्छ । त्यहाँमँथि पनि न्यारोबडी, वाइडबडी लगायतका हाम्रो धेरै ठूलो लोड भएका जहाँजहरु गुडाउनुपर्ने हुन्छ । जहाजहरु उडाउनुपर्ने हुन्छ । त्यसकारण त्यत्ति नै मजबुत बनाउनु पर्छ । त्यो दृष्टिकोणले पनि यसको गुणस्तरको कुरा र यो समयमै सम्पन्न भए यसको कस्ट नबढ्ने कुरामा ध्यान दिएर निर्माण व्यवसायी, प्राविधिक साथीहरुले काम गरिरहनुभएको छ । अहिले भइरहेको काम सन्तोषजनक छ । १० घण्टा बन्द गर्नुको प्रतिफल हामीले पाउँछौँ ।’

सोमवार राति मन्त्री पाण्डेले समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका हुन् । पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारको काम गरिरहेको छ ।


प्रकाशित मिति: १८ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?