गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित निर्वाचित भएका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरे भने माओवादी केन्द्रका दुर्गाबहादुर विकले १ सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापाले ४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ईश्वरी खाती क्षत्रीले ५ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार