Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

घानाको आम चुनाव अघि राष्ट्रपतिका उम्मेदवारबीच शान्ति सम्झौतामा हस्ताक्षर


काठमाडौँ । घानाको आम चुनावमा राष्ट्रपतिका उम्मेदवारहरूले एक सम्झौतामा हस्ताक्षर गरेका छन् । चुनाव अघि र पछि शान्ति सुनिश्चित गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । घानाको राजधानी अक्रामा आयोजित एक समारोहमा उपराष्ट्रपति महामुदु बावुमिया, पूर्वराष्ट्रपति जोन द्रामणि महामा र अन्य दलका नेताहरूले आ–आफ्नो दलका तर्फबाट हस्ताक्षर गरेका थिए । बवुमियाले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सम्बन्धित सबै निकाय र व्यक्तित्वसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय प्रजातान्त्रिक कँग्रेसको प्रतिनिधित्व गर्दै पूर्वराष्ट्रपति महामाले शान्तिपूर्ण लोकतान्त्रिक राष्ट्रको रूपमा घानाको प्रतिष्ठा कायम राख्नको लागि वास्तविक प्रयास आवश्यक रहेको भन्दै सबै दलहरूलाई आ–आफ्नो प्रतिवद्धताअनुसार काम गर्न आग्रह गरेका छन् ।

घानाका निर्वाचन आयोग (ईसी) का अध्यक्ष जीन मेन्साले निर्वाचनको पारदर्शिता सुनिश्चित गर्ने प्रतिवद्धता जनाएका छन् ।

आयोगका अनुसार घानावासीहरूले डिसेम्बर ७ मा नयाँ राष्ट्रपति र २७६ संसद सदस्यहरू चयन गर्न मतदान गर्नेछन् ।


प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?