Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

घानाको आम चुनाव अघि राष्ट्रपतिका उम्मेदवारबीच शान्ति सम्झौतामा हस्ताक्षर


काठमाडौँ । घानाको आम चुनावमा राष्ट्रपतिका उम्मेदवारहरूले एक सम्झौतामा हस्ताक्षर गरेका छन् । चुनाव अघि र पछि शान्ति सुनिश्चित गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । घानाको राजधानी अक्रामा आयोजित एक समारोहमा उपराष्ट्रपति महामुदु बावुमिया, पूर्वराष्ट्रपति जोन द्रामणि महामा र अन्य दलका नेताहरूले आ–आफ्नो दलका तर्फबाट हस्ताक्षर गरेका थिए । बवुमियाले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सम्बन्धित सबै निकाय र व्यक्तित्वसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय प्रजातान्त्रिक कँग्रेसको प्रतिनिधित्व गर्दै पूर्वराष्ट्रपति महामाले शान्तिपूर्ण लोकतान्त्रिक राष्ट्रको रूपमा घानाको प्रतिष्ठा कायम राख्नको लागि वास्तविक प्रयास आवश्यक रहेको भन्दै सबै दलहरूलाई आ–आफ्नो प्रतिवद्धताअनुसार काम गर्न आग्रह गरेका छन् ।

घानाका निर्वाचन आयोग (ईसी) का अध्यक्ष जीन मेन्साले निर्वाचनको पारदर्शिता सुनिश्चित गर्ने प्रतिवद्धता जनाएका छन् ।

आयोगका अनुसार घानावासीहरूले डिसेम्बर ७ मा नयाँ राष्ट्रपति र २७६ संसद सदस्यहरू चयन गर्न मतदान गर्नेछन् ।


प्रकाशित मिति: १६ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?