Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोशिस नगरे हुन्छः उपप्रधानमन्त्री पौडेल


काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै कायम रहने दाबी गरेका छन् ।

शनिवार रुपन्देही उद्योग संंघको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले  विगतमा छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले वर्तमान सरकार पनि कतिबेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुनसक्ने भन्दै सरकार ०८४ सम्म नै कायम रहने बताएका छन्  ।

उहाँले काँग्रेस—एमालेबीचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहने बताउदै उनले कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कोशिस नगर्न आग्रह गरेका छन्  । उनले वर्तमान सरकारको विकल्पमा कोशिस नगरे राम्रो हुने बताए  ।

उनले भने , ‘हिजो छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले यो सरकार पनि परिवर्तन हुन्छ भन्ने कतिलाई भ्रम छ । म तपाईंहरुलाई बडो आत्मविश्वासका साथ भन्छु, पछि पनि तपाईंले सोध्नुहुन्छ, मैले जवाफ दिनुपर्छ, यो सरकार, यो समीकरण, काँग्रेस—एमालेबीचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहन्छ । कोही कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कसैले कुनै कोशिस नगरे हुन्छ, यो सरकार, यो समीकरणको सहयात्राको विकल्पमा कुनै कोशिस नगरे हुन्छ, त्यो व्यर्थको कोशिस हो । तपाईंहरुले खोजेको नीतिगत र नेतृत्वको स्थिरता यो सरकारले दिँदैछ । यो सरकारको लाभ लिने हिसावले तपाईंहरु अघि बढ्नुस्, म निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु ।’

उपप्रधानमन्त्री पौडेलले अहिले अस्थिरता सम्भव नरहेको र अस्थिरताका कुनै कोशिसहरु सार्थक हुन नसक्ने दाबी गर्दै अस्थिरतालाई मलजल हुने खालका गतिविधिमा समाचार व्यतित नगर्न आग्रह गरेका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?