काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड क्रिकेट विश्वकपमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराउदै पहिलो जित हासिल गरेको छ ।
सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो । नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनायो ।
प्रकाशित मिति: १० मंसिर २०८१, सोमबार