Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

आँखा शिविरबाट तीन सय सात लाभान्वित


स्थानीय गन्यापधुरा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट तीन सय सात जना लाभान्वित भएका छन् । वडा नं ४ स्थित कैलपालमाण्डौ स्वास्थ्य चौकीमा वडा नं ४ र ५ को आर्थिक सहयोग र नेपाल नेत्र ज्योति सङ्घ, गेटा आँखा अस्पताल र जिल्लास्थित आँखा अस्पतालको प्राविधिक सहयोगमा मङ्गलबार एकदिने शिविर आयोजना गरिएको थियो ।

आँखाको उपचार गराउन जिल्ला सदरमुकाम डडेल्धुरालगायत अन्य अस्पताल जान नसक्ने ज्येष्ठ नागरिक तथा आर्थिक अभावले उपचार गर्न नसक्ने स्थानीयवासीले गाउँमै राखिएको निःशुल्क शिविरबाट सेवा लिएका हुन् । शिविरमा उपचार गराउनेहरुको भीड लागेकाले अब चाँडै गाउँपालिकाभित्र शल्यक्रियासहित आँखाको उपचार गराउन शिविर आयोजना गरिने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका लक्षित समुदाय र ज्येष्ठ नागरिक तथा असहायका लागि शिविर आयोजना गरी सेवा प्रदान गरिने उहाँले बताउनुभयो । आँखाको उपचार मात्रै नभई अन्य दीर्घ रोगको औषधोपचारका लागिसमेत गाउँपालिका भित्रै शिविर आयोजना गरी स्थानीय सर्वसधारणलाई सेवा प्रदान गरिने उहाँको भनाइ थियो ।

वडावासीहरुको समस्या पहिचान गरी शिविर आयोजना गरिएको वडाध्यक्ष नरेशकुमार भट्टले बताउनुभयो । उक्त गाउँपालिकाजस्तै जिल्लाका अन्य क्षेत्रका महिलामा पाठेघरको समस्या, आँखासम्बन्धी समस्या, दीर्घ रोगी र अन्य समान्य तथा जटिल प्रकृतिका रोगीका लागि पनि शिविर आयोजना गर्नुपर्ने स्थानीयवासीको माग थियो । शिविरमा चिकित्सक डा मुकेश पाण्डेयसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।


प्रकाशित मिति: १३ पुष २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?