Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

जनताका दुःख दूर गर्न मिलेर अगाडि बढ्नुपर्छ : उपप्रधानमन्त्री सिंह


धनुषाधाम । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताका दुःख दर्द दुर गर्न सबै मिलेर काम गर्नुपर्ने बताएका छन् । वर्तमान सरकारले सोहीअनुरुप काम गरिरहेको उनले बताए ।

प्राथमिकताका आधारमा जनताको पिरमर्का, सवाल र मुद्दा पहिचान गरी सम्बोधन गर्नेतर्फ सरकार अगाडि बढिरहेको उनको भनाइ छ । उनले आज गणेशमान चारनाथ नगरपालिका–६ स्थित गोदारमा आँखा उपचार केन्द्र उद्घाटन गरे ।

उद्घाटनसँगै केन्द्रमा आँखा उपचार सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटीको गोदार–लवटोली उपशाखाले निर्माण गरेको केन्द्रबाट अधिकतम सेवा उपभोग गर्न सर्वसाधारणलाई उनले आग्रह गरे । उनले भने, “सेवा भावबाट खोलिएको उपचार केन्द्रमा मैले सक्दो सहयोग गर्छु ।”

यस्तै विकास निर्माणलाई गति दिन वर्तमान सरकारले राजनीतिक स्थिरता र स्थायित्वमा जोड दिइरहेको उनले बताए । कोभिडपछि ठप्प आर्थिक गतिविधिलाई सरकारले लयमा ल्याउने काम गरिरहेको उनले उल्लेख गरे ।

राष्ट्रियसभा सदस्यसमेत रहेका कांग्रेस नेता आनन्द ढुङ्गाना, प्रतिनिधिसभा सदस्य एवं जसपा नेपालका नेता दीपक कार्की र गणेशमान चारनाथ नगरपालिका प्रमुख जितनारायण यादवले गोदार–महिनाथपुर सडक सञ्चालन गर्न तत्काल चारनाथ खोलामा पुल बनाइदिएर पिता गणेशमानको सपना साकार गरिदिन उपप्रधानमन्त्री सिंहलाई ध्यानाकर्षण गराए । उनीहरुले मधेसमा सिँचाइको उचित व्यवस्था गरिदिन पनि आग्रह गरे ।

नगर प्रमुख यादवले प्रकाशमान सिंह स्थानीय विकासमन्त्री रहेकै बेला उनका पिता सर्वमान्य नेता गणेशमान सिंहको नाउँले नगरपालिकाको नामाकरण भएको स्मरण गराउँदै उक्त पालिकाको समग्र विकासमा अभिभावकत्व ग्रहण गर्न आग्रह गरेका थिए ।


प्रकाशित मिति: २८ कार्तिक २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?