Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

दीपक मनाङेलाई सिआइबी कार्यालयमा ल्याइयो


दीपक मनाङे कारागारबाट छुटे

काठमाडौँ । गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई आज बिहानै काठमाडौँको सानो भर्‍याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट सिआइबीको टोलीले पक्राउ गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा ल्याइ पुर्‍याइएको छ ।

सांसद दीपक मनाङेलाई कानुनी प्रक्रिया अनुसार आज मंगलबार नै काठमाडौँ जिल्ला अदालतमा पेश गर्ने तयारी सिआइबीले गरेको छ। मनाङे ज्यान मार्ने उद्योग मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए।

२०६९ सालमा तत्कालीन पुनरावेदन अदालत, पाटनले उनलाई चक्रे मिलनमाथि आक्रमण गरेको अभियोगमा पाँच वर्षको कैद सजाय सुनाएको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले पुनरावेदन अदालतको उक्त फैसला सदर गरेपछि मनाङे पुनः दोषी ठहर भएसँगै भुक्तान हुन बाँकी सजाय काट्नु पर्ने भएको छ ।


प्रकाशित मिति: २७ कार्तिक २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?