Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

नेपाल र भारतको सम्बन्ध बहुआयामिक छ : मन्त्री गुरुङ


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–भारतको सम्बन्ध भौगोलिकसँगै सांस्कृतिक, सामाजिक, शैक्षिकलगायत बहुआयामिका रूपमा प्रगाढ रहँदै आएको बताएका छन् ।

बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा सोमबार भएको ‘भारत–नेपाल फ्रेन्डसीप समिट २०२४: ग्लोबलाइजेसन एन्ड सोसियो–इकोनोमिक डेभलोपमेन्ट’ कार्यक्रममा मन्त्री गुरुङले नेपाल र भारतको शैक्षिक सम्बन्ध बलियो हुनसके दुवै देशबिचको ज्ञान सीप तथा कला कौशल आदानप्रदानमा सहज हुने बताएका हुन् ।

“दिगो विकासका लागि दुवै मुलुक सहकार्य गरेर अघि बढ्दै आएका छौँ”, मन्त्री गुरुङले भने । समिटले बौद्धिक र शैक्षिक बहस सिर्जना गर्ने तथा कुशल शैक्षिक नेतृत्व निर्माण गर्न सघाउ पुग्ने उनले धारणा राखेका छन् । कार्यक्रममा मन्त्री गुरुङले हौसला स्वरूप विभिन्न शैक्षिक विधाका अब्बल व्यक्तित्वलाई पुरस्कार प्रदान गरॆका थिए ।

ग्लोबल लिड्र्स फाउन्डेसनको प्रमुख आयोजना र काठमाडौँ मोडेल कलेजको सह–आयोजनामा उक्त समिट सम्पन्न भएको हो । फाउन्डेसनका प्रिन्सिपल रमेश त्रिपाठीले शैक्षिक क्षेत्रमा बहस गर्न समिट आयोजना गरिएको बताए ।


प्रकाशित मिति: २६ कार्तिक २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?