Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

खानेपानी योजनाका लागि चन्दा सङ्कलन गर्दै मेयर हर्क साम्पाङ, कन्सर्टदेखि अष्ट्रेलिया यात्रासम्म


१३ चैत्र, काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले व्यक्तिगत उपहार नदिन अनुरोध गरेका छन् । उनले पछिल्लो समय आफुँलाई उपहार दिनेहरूको संख्या बढ्दै गएपछि व्यक्तिगत उपहार नदिन अनुरोध गरेका हुन् ।

उनले व्यक्तिगत उपहार दिनुको सट्टा विकास निर्माणका काममा प्रयोग हुने गैती र बेल्चा सहयोग गर्नु उत्तम हुने बताएका छन् ।

एक कार्यक्रममा बोल्दै साम्पाङले भनेका छन्, ‘मलाई सम्मान गर्ने, उपहार दिने व्यक्ति अत्यन्तै देख्छु । त्यो नगर्नुस्, उपहार दिए पनि बेल्चा र गैती दिनुस् । सम्मान नदिनुस्, सहयोग दिनुस् ।’

उनले सोही क्रममा आफुलाई सल्लाहको समेत आवश्यकता नभएको दाबी गरेका छन् । उनले आफुसँग अथाह भिजन भएको बताउँदै सल्लाहको आवश्यकता नभएको जिकिर गरे ।

मेयर साम्पाङले निर्वाचित हुनुभन्दा अघि नै धरानमा खानेपानी ल्याउने योजना भएको प्रष्ट पारेका थिए । उनी गत बैशाखको स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भएर पदभार ग्रहण गरेको केही दिनमै खानेपानी योजना सफल बनाउन लागिपरिरहेका छन् ।

केही महिनासम्म उनी श्रमदानलाई प्रोत्साहन गरिरहेका थिए । अहिले उनी श्रमदानलाई पनि निरन्तर उत्साहित गरिरहँदा चन्दा सङ्कलनमा समेत लागि परेका  छन् ।

धरानमा खानेपानी योजनाका लागि भन्दै धरानमा च्यारिटी कन्सर्ट समेत हुने भएको छ । आगामी चैत्र १५ गते हुने ‘ कोकाहा खानेपानी कन्सर्ट’मा दिपक लिम्बु, प्रविशा अधिकारी, एकदेव लिम्बु, दिल्ली फोम्बो एण्ड ब्याण्ड, द वाकिङ क्लाउड ब्याण्ड, एपि शेर्पा, रोहित मास्के र दीप श्रेष्ठको समेत प्रस्तुति रहनेछ ।

यसैबिच, मेयर साम्पाङले सहयोग सङ्कलनै लागि  अष्ट्रेलिया समेत जाने भएका छन् । गत बुधबार फेसबुकमा उनले लेखेका छन्, ‘म आफ्नो खुसीको लागि होइन ! धरानको विकासको लागि Fund Raising को लागि नगरपालिकाको एकै पैसा पनि खर्च नगरी अस्ट्रेलिया जाने भएको छु !’

 


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?