Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

खानेपानी योजनाका लागि चन्दा सङ्कलन गर्दै मेयर हर्क साम्पाङ, कन्सर्टदेखि अष्ट्रेलिया यात्रासम्म


१३ चैत्र, काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले व्यक्तिगत उपहार नदिन अनुरोध गरेका छन् । उनले पछिल्लो समय आफुँलाई उपहार दिनेहरूको संख्या बढ्दै गएपछि व्यक्तिगत उपहार नदिन अनुरोध गरेका हुन् ।

उनले व्यक्तिगत उपहार दिनुको सट्टा विकास निर्माणका काममा प्रयोग हुने गैती र बेल्चा सहयोग गर्नु उत्तम हुने बताएका छन् ।

एक कार्यक्रममा बोल्दै साम्पाङले भनेका छन्, ‘मलाई सम्मान गर्ने, उपहार दिने व्यक्ति अत्यन्तै देख्छु । त्यो नगर्नुस्, उपहार दिए पनि बेल्चा र गैती दिनुस् । सम्मान नदिनुस्, सहयोग दिनुस् ।’

उनले सोही क्रममा आफुलाई सल्लाहको समेत आवश्यकता नभएको दाबी गरेका छन् । उनले आफुसँग अथाह भिजन भएको बताउँदै सल्लाहको आवश्यकता नभएको जिकिर गरे ।

मेयर साम्पाङले निर्वाचित हुनुभन्दा अघि नै धरानमा खानेपानी ल्याउने योजना भएको प्रष्ट पारेका थिए । उनी गत बैशाखको स्थानीय तहको निर्वाचनबाट मेयरमा निर्वाचित भएर पदभार ग्रहण गरेको केही दिनमै खानेपानी योजना सफल बनाउन लागिपरिरहेका छन् ।

केही महिनासम्म उनी श्रमदानलाई प्रोत्साहन गरिरहेका थिए । अहिले उनी श्रमदानलाई पनि निरन्तर उत्साहित गरिरहँदा चन्दा सङ्कलनमा समेत लागि परेका  छन् ।

धरानमा खानेपानी योजनाका लागि भन्दै धरानमा च्यारिटी कन्सर्ट समेत हुने भएको छ । आगामी चैत्र १५ गते हुने ‘ कोकाहा खानेपानी कन्सर्ट’मा दिपक लिम्बु, प्रविशा अधिकारी, एकदेव लिम्बु, दिल्ली फोम्बो एण्ड ब्याण्ड, द वाकिङ क्लाउड ब्याण्ड, एपि शेर्पा, रोहित मास्के र दीप श्रेष्ठको समेत प्रस्तुति रहनेछ ।

यसैबिच, मेयर साम्पाङले सहयोग सङ्कलनै लागि  अष्ट्रेलिया समेत जाने भएका छन् । गत बुधबार फेसबुकमा उनले लेखेका छन्, ‘म आफ्नो खुसीको लागि होइन ! धरानको विकासको लागि Fund Raising को लागि नगरपालिकाको एकै पैसा पनि खर्च नगरी अस्ट्रेलिया जाने भएको छु !’

 


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?