Trending
>>   प्रहरीका पाँच जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस >>   महिला लिगको फाइनल राउण्डमा आर्मीको सुखद् शुरुवात >>   अहिलेको सरकार नेपाली काँग्रेसको बलमा छः नेता सिटौला >>   प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबिच दुई घण्टा भेटवार्ता ! के हुँदैछ देशमा? >>   सुरूवातबाटै चर्चामा बरिष्ठ संचारकर्मी हरिशरण लामिछानेकाे ‘हरिशणम्’ >>   रहिनन नेपालको पहिलो महिला राजदूत विन्देश्वरी >>   के हाे सचिन परियारलाई लागेकाे १० लाखमा तीन जनालाई लाग्ने रोग? >>   प्रकाशमान सिंहकाे प्रश्न- ‘कांग्रेस-एमाले सरकार बनेपछि कुनै स्क्याम सुन्नुभएकाे छ ?’ >>   कुकुर हत्या गरेर पोष्ट गर्ने २ जना पक्राउ ! >>   प्रहरी रिपोर्टकाे नै पुष्टि-‘रवि लामिछानेको हस्ताक्षर नै नक्कली !
Logo
१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

‘कोप–२९’ मा भाग लिन राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज अजरबैजान प्रस्थान गर्ने भएका छन् ।

यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्न राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।

राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी भई यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्कने कार्यतालिका छ ।


प्रकाशित मिति: २५ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?