Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

महिला लिगको फाइनल राउण्डमा आर्मीको सुखद् शुरुवात


काठमाडौँ। त्रिभूवन आर्मी क्लवले एन्फा महिला लिग फुटबलको फाइनल राउन्डमा सुखद् शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीवारदेखि शुरु भएको महिला लिगको फाइनल चरणको खेलमा आर्मीले वागमती युथ क्लवमाथि २–० को जित निकाल्दै सुखद् शुरुवात गरेको हो ।

एन्फा महिला लिगको पहिलो चरणमा १० टोलीले प्रतिष्पर्धा गरेका थिए । उक्त पहिलो चरण (४५ खेलपछि) मा शीर्ष पाँच टोलीले फाइनल चरणमा स्थान बनाएका हुन् । पाँचौं स्थानको कोशी प्रदेश फुटबल संघले आर्थिक समस्या देखाउँदै दोस्रो चरणको लिग खेल्ने भएपछि वागमती छैटौं स्थानमा रहे पनि फाइनल राउन्ड खेल्न पाएको हो । तर घरेलु फुटबलका स्टार र विदेशी खेलाडीबिना खेलेको वागमतीको फाइनल राउण्डको शुरुवात राम्रो हुन सकेन ।

विभागीय टोलीविरुद्ध कमजोर प्रदर्शन ग¥यो र २–० ले नतिजा सुम्पिन पुग्यो । आर्मीका लागि विमला चौधरीले दुई गोल गरिन् । आर्मीले दुवै हाफमा समान एक गोल गरेको हो । विमलाले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । डिफेन्स लाइनबाट विमला विकले दिएको लामो क्रस सदुपयोग गर्दै उनले गोल गरेकी हुन् । विमलाले ३८औं मिनेटमा गोल गर्ने अर्को अवसर खेर फालिन् । वागमतीका डिफेन्स लाइनले क्लियर गर्न नसकेको बललाई विमलाले प्रहार गरे पनि गोलकिपर सुजता तामाङले रोकिन् । लगत्तै रिबाउन्ड बल नियन्त्रणमा लिँदै विमलाले अर्को प्रहार गरिन् । तर यसपल्ट भने उनले पोस्टको दिशा लिन सकिनन् ।

यससँगै पहिलो हाफ बागमती १–० ले पछि रह्यो । दोस्रो हाफको शुरुमै वागमतीकी अस्मिता खवासले गोल गर्ने अवसर गुमाइन् । पेनाल्टी बक्सनजिकैबाट अस्मिताले फितलो प्रहार गरिन् । ५५औं मिनेटमा आर्मीकी कप्तान पुनम जर्घामगरको हेडर गोलमा परिणत हुन सकेन । कर्नरबाट आएको बललाई पुनमले नजिकैबाट हेड गरे पनि पहिलो बारमा लागेर फर्किन पुग्यो । ६२औं मिनेटमा पनि आर्मीकी सपना लामाले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार वागमतीकी गोलकिपर सुजता तामाङका लागि चुनौती भएन ।

तीन मिनेटपछि नै पुनमले दोस्रो बार च्याप्दै गरेको उत्कृष्ट प्रहार वागमतीकी गोलकिपर सुजताले पन्चै गर्दै संकट टारिन् । ७१औं मिनेटमा नै विमला चौधरीले नै दोस्रो गोल गरिन् । सपना लामाले कर्नरबाट दिएको बललाई विमलाले हेडमार्फत गोल गरेकी हुन् । चार मिनेटपछि नै बागमतिकी सेमिहाङ्मा लिम्बूले करिव २५ यार्डबाट गरेको फ्रिकिक आर्मीकी गोलकिपर अञ्जना रानामगरले नियन्त्रणमा लिइन् । ८० औं मिनेटमा आर्मीकी कप्तान पुनमको फ्रिकिक वागमतिकी गोलकिपर सुजताले मुस्किलले बचाइन् ।

त्यसपछि पनि आर्मीले गोलका केही राम्रा अवसर सिर्जना गर्यो । तर गोल निस्किएन र आर्मीले वागमतीमाथि २–० को जित निकाल्यो । फाइनल राउण्डमा तीन विभागीय टोली एपिएफ, नेपाल पुलिस क्लव र आर्मीसँगै वालिङ नगरपालिका र वागमतीले खेल्नेछन् । यीमध्ये आर्मीले सुखद् शुरुवात गरेको हो । विभागीय तीनसहित १० टोलीले गत भाद्र र असोजमा एन्फा कम्प्लेक्सको मैदानमा राउण्ड रोबिनको आधारमा सञ्चालित लिगको पहिलो चरणमा प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा एपिएफ (२५ अंक) पहिलो, आर्मी (२२) दोस्रो, पुलिस (२१) तेस्रो, वालिङ (१५) चौथो र कोसी (१४) पाँचौं स्थानमा थिए ।

त्यस्तै वागमती (१०) छैटौं, संकटा फुटबल क्लब (आठ) सातौं, चन्द्रपुर नगरपालिका (आठ) आठौं, कर्णाली प्रदेश (चार) नवौं र सबै खेल हारेको सुदूरपश्चिम प्रदेश अन्तिम तथा दशौं स्थानमा रहेका थिए । फाइनल लिगमा पाँच टोलीले एकअर्काविरुद्ध समान २÷२ खेल खेल्नेछन् । यहाँबाट एक टोली बाहिरिइनेछ भने शीर्ष चार टोली प्लेअफ पुग्नेछन्। त्यसमा शीर्ष दुई टोली पहिलो क्वालिफायरमा पुग्नेछन् । तेस्रो र चौथो स्थान हासिल गर्ने टोली इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायर विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछ । दोस्रो क्वालिफायर विजेताले उपाधिका लागि पहिलो क्वालिफायर विजेताको सामना गर्नेछ ।


प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?