Trending
>>   प्रहरीका पाँच जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस >>   महिला लिगको फाइनल राउण्डमा आर्मीको सुखद् शुरुवात >>   अहिलेको सरकार नेपाली काँग्रेसको बलमा छः नेता सिटौला >>   प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबिच दुई घण्टा भेटवार्ता ! के हुँदैछ देशमा? >>   सुरूवातबाटै चर्चामा बरिष्ठ संचारकर्मी हरिशरण लामिछानेकाे ‘हरिशणम्’ >>   रहिनन नेपालको पहिलो महिला राजदूत विन्देश्वरी >>   के हाे सचिन परियारलाई लागेकाे १० लाखमा तीन जनालाई लाग्ने रोग? >>   प्रकाशमान सिंहकाे प्रश्न- ‘कांग्रेस-एमाले सरकार बनेपछि कुनै स्क्याम सुन्नुभएकाे छ ?’ >>   कुकुर हत्या गरेर पोष्ट गर्ने २ जना पक्राउ ! >>   प्रहरी रिपोर्टकाे नै पुष्टि-‘रवि लामिछानेको हस्ताक्षर नै नक्कली !
Logo
१८ पुष २०८१, बिहीबार
१८ पुष २०८१, बिहीबार

आजको मौसम : पहाडी भू-भागका केहि स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना


काठमाडौं। देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको र देशका उच्च पहाडी  तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।


प्रकाशित मिति: २५ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?