Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा लिएर मेची-महाकाली अभियान चलाइनेछ : ‘प्रचण्ड’


हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिने उनले दाबी गरेका छन् ।
मकवानपुरको थाहा नगरपालिकामा शनिवार आयोजित योंग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने बताउँदै व्यवस्था परिवर्तनको सुरुआती दिनदेखि नै आफूहरूले उक्त मुद्दा उठाउँदै आएको बताएका छन्।

मेचीदेखि महाकालीसम्म माओवादी र प्रचण्डमाथि नागरिकमा ठूलो भरोसा देखिएको बताउदै उनले मुलुकले नयाँ विकल्प खोजिरहेको आफूलाई महसुस भएको बताएका छन् । ‘नयाँ जिम्मेवारी बोधले नयाँ आन्दोलन र नयाँ क्रान्तिको नेतृत्व लिनुपर्छ भन्ने लागेको छ । बेथिति, भ्रष्टाचारविरूद्ध नयाँ आन्दोलन र अभियान चलाउन पर्ने भएको छ´, प्रचण्डले भने, `प्रचण्ड थाकेको छैन, थाक्दैन पनि ।’


प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?