Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

मन्त्री गुरुङद्वारा तमु विद्यार्थीको राष्ट्रिय महाधिवेशन उद्घाटन


तनहुँ । सञ्चार प्रविधि तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरुङले तनहुँको दमौलीमा आजदेखि सुरु भएको तीन दिनसम्म सञ्चालन हुने तमु विद्यार्थी छोंज धींको बाह्रौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् ।

विसं २०५२ माघ २६ गते स्थापना भएको तमु विद्यार्थी छोंज धीं गुरुङ विद्यार्थीको हकहित तथा अधिकार संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्य रहेको राष्ट्रिय महाधिवेशन मूल आयोजक समितिका संयोजक विश्वराज तमुले बताए । यस अघि विसं २०७९ मा धींको सम्मेलन काठमाडौँमा भएको थियो ।

संयोजक तमुले भने, “सम्पूर्ण विद्यार्थी संगठनसँग पारस्परिक सहयोग, सद्भाव र मैत्रीपूर्ण साझेदारी कायम राख्नु, जातीय स्वशासन, राजनीतिक, शैक्षिक, सामाजिक, आर्थिक, प्रशासनिक पहुँच एवं न्यायिक समतामूलक समाज निर्माणमा सहकार्य गर्नु, तमु जातिको मुक्ति, तमुवान प्रदेश प्राप्ति गर्न तमु विद्यार्थीबीच भावनात्मक एकता, पारस्परिक सहयोग स्थापना गर्ने संस्थाको प्रमुख उद्देश्य हो ।”

महाधिवेशनमा पाँच सय प्रतिनिधिसहित एक हजार पाँच सय जनाको सहभागिता छ ।महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।


प्रकाशित मिति: २४ कार्तिक २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?