Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ


बारा। महागढीमाई नगरपालिका-१ सेमरा तेगछिया नयका टोल बस्ने ५५ वर्षीय भुमि सुधार भन्ने श्री नारायण प्रसाद यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ६४ वर्षीय सोथाई चौधरी भन्ने सोथाई खाँ थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

महागढीमाई नगरपालिका-१ सेमरा तेगछिया सडक खण्डमा नारायण प्रसादलाई कात्तिक १० गते साँझ पसलबाट घर जाने क्रममा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई कात्तिक १० गते उनकै घरबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा भोग चलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसिवि तथा विवादको कारण उनले हत्या गरेको खुल्न आएको छ । साथै हत्यामा प्रयोग भएको खुकुरी चौधरीको घर पछाडी झाडीमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ ।

यसैगरी पर्सा वीरगंज महानगरपालिका-३ छप्कैया टोल बस्ने २६ वर्षीय बिरेन्द्र साह सोनारको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पर्सा बहुदरामाई नगरपालिका-९ बस्ने २८ वर्षीय बिजय कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । बारा प्रसौनी गाउँपालिका-१ त्रिवेणीस्थित गण्डक नहरमा कात्तिक १ गते बिहान बिरेन्द्र साह मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न बिजय कुमारलाई कात्तिक ७ गते बारा कलैया उपमहानगरपालिका-१० मटिअर्वास्थित दशगंजाबाट प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा बिजयले मृतकको श्रीमतीसँग प्रेम सम्बन्धको कारणले विवाद हुँदा बिरेन्द्रको हत्या गरेको खुल्न आएको छ ।


प्रकाशित मिति: १५ कार्तिक २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?