Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

उद्योग वाणिज्य संघ सुखीपुरको अध्यक्षमा यादव नेतृत्वको प्यानल निर्वाचित


सिरहा । उद्योग वाणिज्य संघ सिरहा सुखीपुर शाखाको ५औँ कार्यकालका लागि भएको चुनावमा अध्यक्षमा सूर्यनारायण यादव नेतृत्वको प्यानल नै निर्वाचित भएको छ ।

अध्यक्षमा निर्वाचित यादवले छ सय ६४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी विजयप्रसाद गुप्ताले चार सय ९१ मत पाए । यादव प्यानलबाट प्रथम उपाध्यक्षमा राकेश पूर्वेले छ सय ७३, द्वितीय उपाध्यक्ष रामेशकुमार महतोले पाँच सय ५६, महासचिवमा दिनेशकुमार यादवले छ सय १०, सचिवमा सञ्जयकुमार यादवले छ सय ३५ र कोषाध्यक्षमा रोशन कुमारले छ सय ७८ मत प्राप्त गरेर विजयी भएका प्रमुख निर्वाचन अधिकृत उद्धव हमालले जानकारी दिए ।

गुप्ता प्यानलबाट प्रथम उपाध्यक्षमा राधेश्याम महतोले चार सय ७४, द्वितीय उपाध्यक्षमा ओमप्रकाश महतोले चार सय ८६, महासचिवमा कामेश्वर चौधरी सुडीले पाँच सय ३२, सचिवमा रतनेश चौधरीले पाँच सय ६ र कोषाध्यक्षमा वीरेन्द्र भण्डारीले पाँच सय ५८ मत प्राप्त गरे ।

यस्तै सदस्यहरूमा काशिन्द्र यादव, राजदेव साह, पशुपति साह विजयी भएका छन् । एक हजार तीन सय २५ मतदाता सङ्ख्या रहेकोमा शुक्रबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा एक हजार १६७ मत खसेका थिए भने आठ मत बदर भएका थिए ।


प्रकाशित मिति: ११ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?