Trending
>>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ?
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

विश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला विधिवत रूपमा शुरु


बारा। विश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला विधिवत रूपमा शुरु भएको छ । बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मन्दिरमा बड़ा दशैंको घटस्थापनाको दिन पूजा भएसँगै मेला सुरु भएको हो ।

मेला सुरुहुनु केहीदिन अघि मेलाको वैभवको रुपमा शोभायात्रा निकालिएको थियो । मन्दिर परिसरबाट बाजा गाजा हात्ती घोडा ऊँट झाँकी सहित हजारौँ मानिसको सहभागितामा शोभायात्रा निकालिएको थियो ।

आउदो मंसिर १७ गतेदेखि ३० गते सम्म संचालन हुने मेलामा करोडौं भक्तजन तथा दर्शनार्थीहरु दर्शन गर्न तथा मेला भर्नहरुको घुइचो लाग्ने अपेक्षा मेला तथा मूल व्यवस्थापन समितिले राखेको छ । गढीमाई मेलामा नेपाल बाहेक भारतबाट ठूलो संख्यामा माता गढीमाई प्रति आस्था राख्ने श्रद्धालु भक्तजनहरु आउने विश्वास गरिएका छन् ।


प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?