Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

विश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला विधिवत रूपमा शुरु


बारा। विश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला विधिवत रूपमा शुरु भएको छ । बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मन्दिरमा बड़ा दशैंको घटस्थापनाको दिन पूजा भएसँगै मेला सुरु भएको हो ।

मेला सुरुहुनु केहीदिन अघि मेलाको वैभवको रुपमा शोभायात्रा निकालिएको थियो । मन्दिर परिसरबाट बाजा गाजा हात्ती घोडा ऊँट झाँकी सहित हजारौँ मानिसको सहभागितामा शोभायात्रा निकालिएको थियो ।

आउदो मंसिर १७ गतेदेखि ३० गते सम्म संचालन हुने मेलामा करोडौं भक्तजन तथा दर्शनार्थीहरु दर्शन गर्न तथा मेला भर्नहरुको घुइचो लाग्ने अपेक्षा मेला तथा मूल व्यवस्थापन समितिले राखेको छ । गढीमाई मेलामा नेपाल बाहेक भारतबाट ठूलो संख्यामा माता गढीमाई प्रति आस्था राख्ने श्रद्धालु भक्तजनहरु आउने विश्वास गरिएका छन् ।


प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?