Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

६ वर्ष स्याहार गरिन, हिँड्न सक्ने भएपछि श्रीमानलेअर्कै बिहे गरे !


मलेसिया । वर्षौँसम्म नुरुल स्याजवानीले सामाजिक सञ्जालमा आफूलाई बिरामी श्रीमानको हेरचाहकर्ताको रूपमा आफ्नो दैनिक जीवन सार्वजनिक गरेकी थिइन् । श्रीमानलाई खुवाउनेदेखि उनको डाइपर फेर्ने र नुहाइदिनेसम्मका गतिविधि सामाजिक सञ्जालमा पोस्ट गर्थिन् । कार दुघर्टनापछि थला परेका उनको श्रीमानलाई आफ्नै खुट्टामा उभिन ६ वर्ष लाग्यो । यो समयमा हरदम, हर क्षण नुरुल श्रीमानको साथमा थिइन् ।

बिरामी श्रीमानप्रति उनले देखाएको समर्पण र कतव्र्यका कारण फेसबुकमा मात्रै उनलाई हजारौँले पछ्याएका थिए । तर निको भएपछि श्रीमानले नुरुलसँगको सम्बन्ध तोडेर अर्की महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरू छक्क परेका छन् । नुरुलले आफ्नो पूर्व पति र उनको नयाँ बेहुलीको फोटो राखेर फेसबुकमा एउटा पोस्टमा बधाई दिएकी थिइन् ।

उनको यो पोस्टपछि फ्यानहरूले पूर्व पति र उसको नव दुलहीको निकै आलोचना गरेका थिए । आफ्नो श्रीमानले आफ्ना सारा जिम्मेवारी निभाएको भन्दै पूर्व पति र उसको नव दुलहीलाई जथाभाबी नभन्न नुरुलले आफ्ना फ्यानलाई अनुरोध गरेकी थिइन् ।


प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?