Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

६ वर्ष स्याहार गरिन, हिँड्न सक्ने भएपछि श्रीमानलेअर्कै बिहे गरे !


मलेसिया । वर्षौँसम्म नुरुल स्याजवानीले सामाजिक सञ्जालमा आफूलाई बिरामी श्रीमानको हेरचाहकर्ताको रूपमा आफ्नो दैनिक जीवन सार्वजनिक गरेकी थिइन् । श्रीमानलाई खुवाउनेदेखि उनको डाइपर फेर्ने र नुहाइदिनेसम्मका गतिविधि सामाजिक सञ्जालमा पोस्ट गर्थिन् । कार दुघर्टनापछि थला परेका उनको श्रीमानलाई आफ्नै खुट्टामा उभिन ६ वर्ष लाग्यो । यो समयमा हरदम, हर क्षण नुरुल श्रीमानको साथमा थिइन् ।

बिरामी श्रीमानप्रति उनले देखाएको समर्पण र कतव्र्यका कारण फेसबुकमा मात्रै उनलाई हजारौँले पछ्याएका थिए । तर निको भएपछि श्रीमानले नुरुलसँगको सम्बन्ध तोडेर अर्की महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरू छक्क परेका छन् । नुरुलले आफ्नो पूर्व पति र उनको नयाँ बेहुलीको फोटो राखेर फेसबुकमा एउटा पोस्टमा बधाई दिएकी थिइन् ।

उनको यो पोस्टपछि फ्यानहरूले पूर्व पति र उसको नव दुलहीको निकै आलोचना गरेका थिए । आफ्नो श्रीमानले आफ्ना सारा जिम्मेवारी निभाएको भन्दै पूर्व पति र उसको नव दुलहीलाई जथाभाबी नभन्न नुरुलले आफ्ना फ्यानलाई अनुरोध गरेकी थिइन् ।


प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?