Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

भारतबाट ल्याइएकाे १२ हजार किलाे न्यूनस्तरकाे दल खाद्यले पठायाे भारतलाइ नै फिर्ता !


काठमाडाैं । व्यापारीक प्रयोजनका लागि प्रभुकृपा अर्डर एण्ड सप्लायर्स, कोहलपुर बाँकेले भारतबाट पैठारीको लागि मिति 2081/07/04 गते नेपालगन्ज भन्सार नाकामा ल्याएको १२,000 के. जी. मासको दाल नेपालगन्ज एकीकृत जाँच चौकी स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगन्जले परिक्षण गर्दा कोल टार डाई बाह्य रंगको उपस्थिति पाइएकोले आयात गर्न नमिल्ने भनि नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएकोले उक्त न्यूनस्तर मासको दालको कन्साइन्मेन्ट भन्सार कार्यालयले निर्यात गर्ने देशमै फिर्ताको प्रकृयामा रहेको व्यहोरा सबैमा जानकारीका लागि यो प्रेस नोट जारी गरिएको छ। कुनै पनि किसिमका दालमा बाह्य रंगको प्रयोग गर्न प्रतिबन्द गरिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा परिभाषित खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुले अनिवार्य रुपमा ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर तथा उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्नुहुन जानकारी गराइन्छ। सो बमोजिम नगरेको पाइएमा ऐन बमोजिम कारवाही हुने व्यहोरा खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुलाई जानकारी गराईन्छ।

 


प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?