Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

भारतबाट ल्याइएकाे १२ हजार किलाे न्यूनस्तरकाे दल खाद्यले पठायाे भारतलाइ नै फिर्ता !


काठमाडाैं । व्यापारीक प्रयोजनका लागि प्रभुकृपा अर्डर एण्ड सप्लायर्स, कोहलपुर बाँकेले भारतबाट पैठारीको लागि मिति 2081/07/04 गते नेपालगन्ज भन्सार नाकामा ल्याएको १२,000 के. जी. मासको दाल नेपालगन्ज एकीकृत जाँच चौकी स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगन्जले परिक्षण गर्दा कोल टार डाई बाह्य रंगको उपस्थिति पाइएकोले आयात गर्न नमिल्ने भनि नेपालगन्ज भन्सार कार्यालयलाई प्रतिवेदन पठाएकोले उक्त न्यूनस्तर मासको दालको कन्साइन्मेन्ट भन्सार कार्यालयले निर्यात गर्ने देशमै फिर्ताको प्रकृयामा रहेको व्यहोरा सबैमा जानकारीका लागि यो प्रेस नोट जारी गरिएको छ। कुनै पनि किसिमका दालमा बाह्य रंगको प्रयोग गर्न प्रतिबन्द गरिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा परिभाषित खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुले अनिवार्य रुपमा ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर तथा उपदफा (२) बमोजिम खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्नुहुन जानकारी गराइन्छ। सो बमोजिम नगरेको पाइएमा ऐन बमोजिम कारवाही हुने व्यहोरा खाद्य पदार्थ पैठारी गर्ने सम्पूर्ण खाद्य व्यवसायीहरुलाई जानकारी गराईन्छ।

 


प्रकाशित मिति: ६ कार्तिक २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?