Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बाढी र पहिरोका पीडितलाई निशुल्क स्वास्थ्य बीमा


काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपतका कारण घाइते भएका र मृत्यु भएका व्यक्तिहरूका परिवारका एकजना सदस्यलाई निशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको छ । आजको बसेको विपद व्यवस्थापनको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पेश गेरको उक्त प्रस्तावलाई समितिको बैठकले स्वीकृत गरेको हो ।

प्रस्ताव स्वीकृत भएसँगै विपदमा परेका परिवारका सदस्यले एक वर्षको निशुल्क बीमाको सेवासुविधा प्राप्त गर्नेछन् ।बिहीबार बसेको समितिको सो बैठकले यस वर्षको जेठ २८ देखि असोज २६ गतेसम्मको अवधिमा विपदका कारण मृत्यु भएका व्यक्तिहरूका परिवारका एक सदस्यलाई बीमा गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै सम्भावित यस्तै प्रकारका विपदका घटनामा सरकारले आगामी दिनमा समेत निशुल्क बीमा गर्ने निर्णय गरेको छ ।

बैठकमा, विपद व्यवस्थापनका लागि विभिन्न पहलहरू र भविष्यका योजनाबारे पनि छलफल गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले बताएका छन् ।


प्रकाशित मिति: ४ कार्तिक २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?