Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बिर्तामोडमा जग्गाको कित्ताकाट खुल्यो


१३ चैत्र, झापा । पूर्वकै व्यापारिक केन्द्रको रूपमा स्थापित हुँदै गएको झापाको बिर्तामोड नगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ ।

नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्मका जग्गाको कित्ताकाट खुलेको हो ।

जग्गा वर्गीकरणका सबै प्रक्रिया पूरा गरेर ५ वडाको कित्ताकाट खुलाउन भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरलाई गत फागुन २१ गते पत्राचार गरिएको बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए । कित्ताकाट खुला भएसँगै वडाको जग्गाको विवरण अद्यावधिक गर्ने कार्य समेत आइतवारदेखि सञ्चालन भएको उनले बताए ।

बिर्तामोड ७, ८ र ९ नम्बरको जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ भने ६ र १० नम्बर वडाको पुनः सूचना प्रकाशन गरेर अन्तिमरूप दिने काम भइरहेको उनले बताए । नगरपालिकाको स्थानीय भू–उपयोग परिषद्ले नगरवासीको राय, सुझाव संकलन गरेर वर्गीकरणको प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ ।

नगरपालिकाले स्थानीय भू–उपयोग परिषद्को सिफारिसमा भू–उपयोग ऐन २०७६ दफा ३३ र स्थानीय कार्य फछ्र्योट नियमावली २०७४ दफा ४ ले दिएको अधिकार प्रयोग गरेर जग्गा वर्गीकरण तथा विकाससम्बन्धी कार्यविधि २०७९ जारी गरेको छ ।

कार्यविधिमा १ वर्षमा १ जना व्यक्तिले एउटा जग्गामा ३ पटकसम्म कित्ताकाट गर्न पाउने र बढीमा ४ पटकसम्म बिक्री वितरण गर्न पाउने व्यवस्था गरेको छ । कार्यविधिमा अब बिर्तामोड नगरपालिकाभित्र जग्गा विकाससम्बन्धी योजना लागू गर्दा स्थानीयस्तरका दर्तावाला फर्महरूले आफूलाई प्राप्त अधिकारभित्र रहेर जग्गाको व्यवस्थापन गर्ने र त्यस्ता जग्गालाई पूर्व अनुमति लिएर मात्रै जग्गाको कित्ताकाट गर्ने कार्यलाई अगाडि बढाइने उल्लेख छ । कार्यविधिमा कित्ताकाट हुने जग्गाको मोहडा कम्तीमा ३३ फुट र त्यसको ३ गुणासम्म मात्र पछाडि लम्बाइ रहने व्यवस्था समेत गरेको छ ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?