Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

पार्टी कार्यालयबाट पक्राउ परेका रवि लामिछानेलाई पोखरा लगियो


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी कार्यालयबाट पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पोखरा लगिएको छ। पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरे लगत्तै प्रहरीले लामिछानेलाई पोखरा लगेको हो।

सभापति लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित शुभेच्छुक र कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘यो सरकारलाई भन्न चाहन्छु, अनुसन्धनमा सघाउन म तयार छु, साथीहरु सबै तयार छन्, हामी तयार छौं। तर, वर्षैसम्म एउटै व्यक्तिमाथि जुन जालझेल षड्यन्त्र भएको छ, यसका विरुद्ध प्रतिवाद हुन्छ। पक्राउ पूर्जी जारी गरेका छैनौं पनि भनिएको छ, विश्वस गर्ने आधार छैन। म छानबिनमा सघाउन जहिले पनि तयार छु।’

उनले कसैको राजनीति बन्न आफू बलिको बोका बन्नुपर्ने भन्दै प्रश्न पनि गरेका छन्। उनले भने, “सहकारीमा कुनै पनि किसिमको कमजोरी भएको मानिसलाई कारवाहीको सिफारिस गरेको हो। कसैको राजनीति जोगाउन मैले बलिको बोका बनिदिनुपर्ने ? राजनीतिमा प्रतिशोध मानिँदैन। पञ्चायतमा यस्तो हुन्छ, हामीले सुनेका थियौं।”

उनले आफ्ना कार्यकर्ता तथा शुभेच्छुकलाई धन्यवाद ज्ञापन पनि गर्दै भने, “यो साथ, माया, विश्वास र भरोसाका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। एउटा सानो कुरा भन्छु, मैले केही बिराएको छैन। म डराएको पनि छैन। सबैलाई हेक्का रहोस्, रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन, बेचिएकालाई बचाएर आएको हो।”


प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?