Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

पार्टी कार्यालयबाट पक्राउ परेका रवि लामिछानेलाई पोखरा लगियो


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी कार्यालयबाट पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले पोखरा लगिएको छ। पार्टी कार्यालयमा भेला भएका कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरे लगत्तै प्रहरीले लामिछानेलाई पोखरा लगेको हो।

सभापति लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा उपस्थित शुभेच्छुक र कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘यो सरकारलाई भन्न चाहन्छु, अनुसन्धनमा सघाउन म तयार छु, साथीहरु सबै तयार छन्, हामी तयार छौं। तर, वर्षैसम्म एउटै व्यक्तिमाथि जुन जालझेल षड्यन्त्र भएको छ, यसका विरुद्ध प्रतिवाद हुन्छ। पक्राउ पूर्जी जारी गरेका छैनौं पनि भनिएको छ, विश्वस गर्ने आधार छैन। म छानबिनमा सघाउन जहिले पनि तयार छु।’

उनले कसैको राजनीति बन्न आफू बलिको बोका बन्नुपर्ने भन्दै प्रश्न पनि गरेका छन्। उनले भने, “सहकारीमा कुनै पनि किसिमको कमजोरी भएको मानिसलाई कारवाहीको सिफारिस गरेको हो। कसैको राजनीति जोगाउन मैले बलिको बोका बनिदिनुपर्ने ? राजनीतिमा प्रतिशोध मानिँदैन। पञ्चायतमा यस्तो हुन्छ, हामीले सुनेका थियौं।”

उनले आफ्ना कार्यकर्ता तथा शुभेच्छुकलाई धन्यवाद ज्ञापन पनि गर्दै भने, “यो साथ, माया, विश्वास र भरोसाका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। एउटा सानो कुरा भन्छु, मैले केही बिराएको छैन। म डराएको पनि छैन। सबैलाई हेक्का रहोस्, रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन, बेचिएकालाई बचाएर आएको हो।”


प्रकाशित मिति: २ कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?