Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु


मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–२ मार्फा नजिकै थालेखोलामा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

पोखराबाट लोमान्थाङतर्फ गइरहेको बा१प ४२१० नम्बरको मोटरसाइकल र जोमसोमबाट पोखरातर्फ जाँदै गरेको ना१च ७६९२ नम्बरको कार एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा मोटरसाइकल चालक गोरखाको आरुचनौटेका ३३ वर्षीय सञ्जय खड्काको मृत्यु भएको मुस्ताङका प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिए।

दुर्घटनाको कारण भने खुलेको छैन। कार र मोटरसाइकल ठोक्किँदा घाइते भएका खड्कालाई जिल्ला अस्पताल मुस्ताङ पुर्‍याइएको थियो। अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो।


प्रकाशित मिति: ३० आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?