Trending
>>   गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा”म यता मेलैमा तिजको बेलैमा”सार्वजनिक ( भिडियो ) >>   विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने >>   कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी >>   सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने >>   संविधान र निर्वाचन प्रणाली देखाएर दलहरु जनताको प्रश्नबाट भाग्दैछन्ः महासचिव भुसाल >>   नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः महासचिव चन्द >>   अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने >>   प्राप्त अधिकार रक्षाका लागि सबै लागौँः उपप्रधानमन्त्री सिंह >>   निजामती ऐनलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो >>   दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल
Logo
६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा शाही


१३ चैत्र ,कर्णाली । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन्‌ । सङ्घको वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले शाहीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

उक्त समितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्रबहादुर थापा, वाणिज्य उपाध्यक्षमा पारस विष्ट, उद्योग उपाध्यक्षमा गोरख विक, महिला उपाध्यक्षमा चन्द्रा कार्की र महासचिव खगेन्द्र पुलामी मगर निर्वाचित भएका छन्‌ ।

त्यस्तै, सचिव नरबहादुर विक, कोषाध्यक्ष अनिल शाही तथा सदस्य तेजबहादुर सिंह, जङ्गबहादुर बिसी, प्रेमबहादुर श्रेष्ठ, दीपेन्द्र गैरे, खिमबहादुर वली, ललित सुनार, जनक विष्ट, पदमा देउवा र बेलमती नेपाली निर्वाचित भएको अध्यक्ष शाहीले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई हार्दिक बधाई ज्ञापन गर्दै वाणिज्य क्षेत्रबाट नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्न तथा कर्णालीको अर्थतन्त्रलाई सघाउने खालको योजना अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, उद्योग व्यापार महासङ्घका केन्द्रीय उपाध्यक्ष प्रबल शाहीले लगायतले समितिका पदाधिकारी तथा सदस्यलाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?