Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटाली प्रस्थान


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारीसहितको प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्तान गरेको छ। मञ्चको बैठक सोमबार अर्थात् अक्टोबर १४ देखि सुरु हुनेछ । बैठक १८ अक्टोबरसम्म सञ्चालन हुने जनाइएको छ । नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गरिने जनाइएको छ ।


प्रकाशित मिति: २७ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?