Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

वर्ल्ड कराँते च्याम्पियनसिप कमयाडेट जुनियर यु २० मा एरिका नेपालको प्रतिनिधित्व गर्ने


काठमाडौं। वल्र्ड कराँते च्याम्पियनसिप कमयाडेट जुनियर अण्डर ट्वन्टी वानमा नेपालकी स्टार कराँते खेलाडी एरिका गुरूङले नेपालको प्रतिनिधित्व गर्दै छिन्  ।

इटलीको भेनिसमा हुने च्याम्पियनसिपमा एरिकाले अण्डर ट्वान्टी वानतर्फ ६८ केजी माथीको तौल समूहमा प्रतिष्पर्धा गर्नेछिन्। च्याम्पियनसिपमा ११३ राष्ट्रका १ हजार ९९५ खेलाडीको सहभागीता रहनेछ । एरिकाले निरन्तर रूपमा नेपाललाई पदक दिलाइरहेकोले यो च्याम्पियनसिपबाट पनि पदकको आशा राखेको सदस्य सचिव टंकलाल घिसिङले बताए । उनले एरिकाले दिएको सफलताको कारण अबको सबै अन्तर्राष्ट्रिय प्रतियोगिता र सबै अन्तर्राष्ट्रिय प्रशिक्षणको खर्च राष्ट्रिय परिषद्ले व्यहोर्ने पनि सदस्य सचिव घिसिङले बताएका छन् ।

एरिकाले केही दिन अगाडि एकेएफ सिनियर च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक रजत दिलाएकी थिइन  । यसअघि उनले एशियाली खेलकुदमा पनि रजत पदक प्राप्त गरेकी थिइन्  । अहिलेसम्म खेलेको सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक बिहिन हुन नपरेकोले पनि उनिबाट यो पटक बढी अपेक्षा गरिएको छ ।

एरिकासँगै प्रशिक्षक कुशल श्रेष्ठ र अफिसियल तारा गुरूङ र सन्तोष श्रेष्ठसहितको चार सदस्यीय नेपाली टोली आज इटली प्रस्थान गर्नेछ ।


प्रकाशित मिति: १९ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?