Trending
>>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

वर्ल्ड कराँते च्याम्पियनसिप कमयाडेट जुनियर यु २० मा एरिका नेपालको प्रतिनिधित्व गर्ने


काठमाडौं। वल्र्ड कराँते च्याम्पियनसिप कमयाडेट जुनियर अण्डर ट्वन्टी वानमा नेपालकी स्टार कराँते खेलाडी एरिका गुरूङले नेपालको प्रतिनिधित्व गर्दै छिन्  ।

इटलीको भेनिसमा हुने च्याम्पियनसिपमा एरिकाले अण्डर ट्वान्टी वानतर्फ ६८ केजी माथीको तौल समूहमा प्रतिष्पर्धा गर्नेछिन्। च्याम्पियनसिपमा ११३ राष्ट्रका १ हजार ९९५ खेलाडीको सहभागीता रहनेछ । एरिकाले निरन्तर रूपमा नेपाललाई पदक दिलाइरहेकोले यो च्याम्पियनसिपबाट पनि पदकको आशा राखेको सदस्य सचिव टंकलाल घिसिङले बताए । उनले एरिकाले दिएको सफलताको कारण अबको सबै अन्तर्राष्ट्रिय प्रतियोगिता र सबै अन्तर्राष्ट्रिय प्रशिक्षणको खर्च राष्ट्रिय परिषद्ले व्यहोर्ने पनि सदस्य सचिव घिसिङले बताएका छन् ।

एरिकाले केही दिन अगाडि एकेएफ सिनियर च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक रजत दिलाएकी थिइन  । यसअघि उनले एशियाली खेलकुदमा पनि रजत पदक प्राप्त गरेकी थिइन्  । अहिलेसम्म खेलेको सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक बिहिन हुन नपरेकोले पनि उनिबाट यो पटक बढी अपेक्षा गरिएको छ ।

एरिकासँगै प्रशिक्षक कुशल श्रेष्ठ र अफिसियल तारा गुरूङ र सन्तोष श्रेष्ठसहितको चार सदस्यीय नेपाली टोली आज इटली प्रस्थान गर्नेछ ।


प्रकाशित मिति: १९ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?