Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिको काम शुरु


काठमाडौं। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सरकारद्वारा गठित स्वास्थ्य बीमा सुधार सुझाव समितिले काम शुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा गत आईतवार सुझाव समितिको पहिलो बैठक बसेर समितिले सो कार्यक्रमलाई प्रभावकारी बनाउने गरी खाका बनाउने कामलाई अघि बढाएको हो । स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि रोडम्यापसहितको सुझाव तयार पार्ने काम शुरु गरिएको समितिका संयोजक डा. शम्भुप्रसाद आचार्यले जानकारी दिएका छन् । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले कुन हदसम्म अघि बढाउन सक्ने भन्ने कुरापनि सुझावमा उल्लेख गरिने बताएका छन् ।

संयोजक डा. आचार्यले भने, ‘उहाँले यो राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई एकदमै प्रायोरिटी दिनुभएको छ । र यसलाई कसरी सफल पार्ने भन्ने उहाँको एउटा ठूलो कमिटमेन्ट देखेँ मैले । त्यसैले पनि मैले यसलाई हुन्छ भनेर मैले स्वीकारेको छु । त्यही अनुसार यो कमिटी गठन भएको छ । र यहाँले जान्नुभएकै छ कि कमिटीमा धेरै विज्ञहरु हुनुहुन्छ नेपालको । डा. भगवान कोईराला, डाक्टर काफ्ले हुनुहुन्छ । र वरिष्ठ अफिसरहरु पनि हुनुहुन्छ विभिन्न मन्त्रालय र स्वास्थ्य मन्त्रालयको सहसचिव सदस्य सचिव हुनुहुन्छ । मलाई एउटा जुन वरिष्ठ एक्सपर्ट लेवलको कमिटी छ । यसले मन्त्रीज्युको जुन एक्सपेक्टेशन छ, त्यो एक्सपेटेशनलाई पूरा गर्छ भन्ने मैले विचार राखेको छु । यसमा सबैको चासो छ । बेनेफेसियल जनताको पनि चासो छ । यसमा सरकारको पनि चासो छ । यसलाई कसरी प्रभावकारी बनाउने, कसरी यसले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा पु¥याओस् भन्ने कमिटमेण्ट छ सरकारको । विगतका अनुभवलाई पनि लिएर भविष्यमा कसरी जाने भन्ने काम गर्छ होला । र मैले अघि नै यहाँलाई भनिसकेँ–नेपालमा स्वास्थ्य बीमा प्रोग्रामलाई कसरी बढी प्रभावकारी बनाएर लैजाने भन्ने रोडम्यापसहित रिपोर्ट आउँछ होला । र त्यसले भविष्यमा यसलाई कसरी लैजाने र कुन हदसम्म जाने भन्ने भन्ने कुरा डिसाईट गर्छ होला । भर्खरै यो समिति शुरु भएको छ । यसमा छलफलको आधारमा खाका बन्छ । त्यही खाका अनुसार काम गर्न शुरु गर्छौं ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यही असोज ८ गते स्वास्थ्य बीमा सुधारका लागि सुझाव दिने कार्यादेशसहित डा. आचार्यको संयोजकत्वमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला, विकास अर्थशास्त्री डा. रघुराज काफ्ले, अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डाक्टर सरोज शर्मा तथा निजी क्षेत्रका प्रतिनिधिलाई समेत रहने गरी सो सुझाव समिति गठन गरेका थिए । समितिले स्वास्थ्य बीमा कार्यक्रममा सबै नेपाली नागरिकको आवद्धता बनाउन सम्भाव्य उपायबारेसमेत सुझाव दिने अपेक्षा गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?