Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

प्रश्तावित मिडिया काउन्सिलको नारा तय, स्वतन्त्र भन्ने शब्द थपिने


काठमाडौं। प्रश्तावित मिडिया काउन्सिलको नारा तय गरिएको छ ।

सोमवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकले प्रश्तावित मिडिया काउन्सिलको नारा तय गरेको हो । बैठकले स्वतन्त्र, स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि: मिडिया काउन्सिल भन्ने नारा तय गरेको हो । समितिको तर्फबाट समितिका उपसचिव नुमराज खनाल शर्माले यसअघि स्वच्छ, मर्यादित र जवाफदेही राखिएकोमा स्वतन्त्र शब्द थप गरि नारालाई अन्तिम रुप दिएको बताएका छन् । विधेयक दर्ता गर्दा सरकारले स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि भन्ने विषयलाई सांसदहरुले स्वतन्त्र भन्ने शब्द संसोधनमार्फत थप गरेका हुन् । राष्ट्रिय सभामा उत्पत्ति भएकोे मिडिया काउन्सिल विधेयक–२०८० को नाम परिवर्तन गरी आम सञ्चार परिषद–्२०८० राख्ने निर्णय यसअघि नै गरिसकेको छ । उपसचिव खनालले परिषद्लाई अंग्रेजी भाषामा भने मिडिया काउन्सिल नाम राखिने बताएका छन् ।
उनले भने, ‘मिडिया काउन्सिल भन्ने शब्दहरुको सट्टा आम सञ्चार परिषद् भन्ने शब्दहरु राख्ने । स्वतन्त्र, स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि भनेर हुने भयो । यो भन्दाअघि स्वच्छ, मर्यादित र जवाफदेही थियो । परिषद्लाई अंग्रेजीमा मिडिया काउन्सिल नेपाल नाम राख्ने । परिषद्को कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।’

विधेयक दर्ता गर्दा स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि स्वायत्त नियामक निकायका रूपमा मिडिया काउन्सिल रहने उल्लेख गरिएकोमा सरोकारवालाहरुले विरोध गर्दै आएका थिए । ‘स्वतन्त्र’ भन्ने शब्द थपेर परिमार्जन गर्न आवाज उठ्न थालेपछि सांसदहरुले नै संशोधनमार्फत ‘स्वतन्त्र’ शब्द थपेका हुन् । प्रश्तावित मिडिया काउन्सिलले पत्रकारको अभिलेख राख्ने, प्रेस प्रतिनिधि परिचयपत्र प्रदान गर्ने, आचार संहिता जारी गर्ने, आचार संहिता उल्लंघनको विषयमा उजुरी लिनेदेखि, सरकारलाई आमसञ्चारसम्बन्धी नीति निर्माणमा सुझाव दिनेलगायत काम गर्ने भनिएको छ । मिडिया काउन्सिल विधेयक, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत वैशाखमा दर्ता गराउनु भएको थियो । यो विधेयक पारित भएर लागू हँुदा आम सञ्चार परिषद् ऐन, २०८० हुनेछ ।


प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?