Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

प्रश्तावित मिडिया काउन्सिलको नारा तय, स्वतन्त्र भन्ने शब्द थपिने


काठमाडौं। प्रश्तावित मिडिया काउन्सिलको नारा तय गरिएको छ ।

सोमवार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकले प्रश्तावित मिडिया काउन्सिलको नारा तय गरेको हो । बैठकले स्वतन्त्र, स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि: मिडिया काउन्सिल भन्ने नारा तय गरेको हो । समितिको तर्फबाट समितिका उपसचिव नुमराज खनाल शर्माले यसअघि स्वच्छ, मर्यादित र जवाफदेही राखिएकोमा स्वतन्त्र शब्द थप गरि नारालाई अन्तिम रुप दिएको बताएका छन् । विधेयक दर्ता गर्दा सरकारले स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि भन्ने विषयलाई सांसदहरुले स्वतन्त्र भन्ने शब्द संसोधनमार्फत थप गरेका हुन् । राष्ट्रिय सभामा उत्पत्ति भएकोे मिडिया काउन्सिल विधेयक–२०८० को नाम परिवर्तन गरी आम सञ्चार परिषद–्२०८० राख्ने निर्णय यसअघि नै गरिसकेको छ । उपसचिव खनालले परिषद्लाई अंग्रेजी भाषामा भने मिडिया काउन्सिल नाम राखिने बताएका छन् ।
उनले भने, ‘मिडिया काउन्सिल भन्ने शब्दहरुको सट्टा आम सञ्चार परिषद् भन्ने शब्दहरु राख्ने । स्वतन्त्र, स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि भनेर हुने भयो । यो भन्दाअघि स्वच्छ, मर्यादित र जवाफदेही थियो । परिषद्लाई अंग्रेजीमा मिडिया काउन्सिल नेपाल नाम राख्ने । परिषद्को कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।’

विधेयक दर्ता गर्दा स्वच्छ, मर्यादित र जवाफदेही पत्रकारिताको विकासका लागि स्वायत्त नियामक निकायका रूपमा मिडिया काउन्सिल रहने उल्लेख गरिएकोमा सरोकारवालाहरुले विरोध गर्दै आएका थिए । ‘स्वतन्त्र’ भन्ने शब्द थपेर परिमार्जन गर्न आवाज उठ्न थालेपछि सांसदहरुले नै संशोधनमार्फत ‘स्वतन्त्र’ शब्द थपेका हुन् । प्रश्तावित मिडिया काउन्सिलले पत्रकारको अभिलेख राख्ने, प्रेस प्रतिनिधि परिचयपत्र प्रदान गर्ने, आचार संहिता जारी गर्ने, आचार संहिता उल्लंघनको विषयमा उजुरी लिनेदेखि, सरकारलाई आमसञ्चारसम्बन्धी नीति निर्माणमा सुझाव दिनेलगायत काम गर्ने भनिएको छ । मिडिया काउन्सिल विधेयक, २०८० सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत वैशाखमा दर्ता गराउनु भएको थियो । यो विधेयक पारित भएर लागू हँुदा आम सञ्चार परिषद् ऐन, २०८० हुनेछ ।


प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?