Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

आ.व. २०७९/०८० र ०८०/०८१ मधेसमा ८ हजार ५ सय २९ उजुरी दर्ता, ६ हजार ४ सय ७२ फर्छ्यौट


काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका प्रमुख रामबहादुर कुरुम्वाङले प्रदेशप्रमुख सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनमा आर्थिक वर्ष २०७९/०८० तथा २०८०/०८१ मा गरी मधेस प्रदेशमा कुल ८ हजार ५ सय २९ उजुरी दर्ता भएकोमा ६ हजार ४ सय ७२ उजुरी फर्छ्यौट भएको उल्लेख छ । मधेस प्रदेशमा सबैभन्दा बढी धनुषामा २०७९÷०८० मा ४२१ तथा २०८०÷०८१ मा १ हजार १ गरी १ हजार ४ सय २२ उजुरी परेकोमा १ हजार ५६ उजुरी फछर््यौट भएको छ । त्यस्तै बारामा कुल १ हजार २ सय ७ मा ८ सय ८७, सप्तरीमा १ हजार १ सय ७०मध्ये ९७१, रौतहटमा १ हजार ३५ मध्ये ७ सय ३४, महोत्तरीमा १ हजार २२ मध्ये ८ सय ३४ उजुरी फछर््यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै पर्सामा ९ सय ५६ मध्ये ६ सय ९१, सिरहामा ८ सय ८१मध्ये ६ सय ८७ र सर्लाहीमा ८ सय ३६मध्ये ६ सय ४२ उजुरीको फछर््यौट भएको प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?