Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

संघीय राजधानीबाहिर बर्दघाटमा पहिलो ट्रमा सेन्टरको मन्त्री पौडेलद्वारा शिलान्यास


बर्दघाट। नवलपरासी बर्दघाट सुस्तापूर्वको बर्दघाट २ चिसापानीमा संघीय राजधानीबाहिर पहिलो ट्रमा सेन्टर निर्माण शुरु भएको छ ।

सेन्टरको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शिलान्यास गरे । १२ करोड ३४ लाख रुपैयाँ लागतमा संघ सरकारबाट निर्माण शुरु भएको सेन्टर एक बिघा बढी क्षेत्रफलमा बन्नेछ । १५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले विशिष्टिकृत सेवाहरु विस्तार गर्ने सोच आफूहरुको रहेको भन्दै प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरुबाट संघीय राजधानीमा उपलब्ध सेवाहरु विस्तार गर्ने प्रयास थालिएको बताए ।

क्यान्सर उपचार सेवा सातै प्रदेशमा भएको उल्लेख गर्दै मन्त्री पौडेलले क्रमैसँग मुटु, मृगौलालगायतका उपचारहरुसमेत विस्तार गर्ने लक्ष्य रहेको बताए । स्वास्थ्य बीमामा सुधार आफूहरुको प्राथमिकतामा रहेको भन्दै मन्त्री पौडेलले छरिएर हुने स्वास्थ्य क्षेत्रको खर्च एकीकृत गरेर स्रोतसमेत थप्ने अवस्थामा हरेक नागरिकलाई ५ लाख बराबरको स्वास्थ्य बीमा सुविधा दिन सकिने बताए ।

‘आम नागरिकलाई सहज होस् भन्नका लागि बीमा सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं,’ मन्त्री पौडेलले भने, ‘यसलाई सुधार्न सकियो भने सबै नागरिकलाई बीमामा आकर्षित गर्न सकिन्छ भन्ने विश्वास छ ।’

कार्यक्रममा प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित भएसँगै सेन्टर खोल्ने चाहना राखेकामा अघि बढ्न सफल भएको भन्दै सघाउने संघीय सरकारलगायत सबैप्रति आभार प्रकट गरे ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?