Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ


कैलाली। धनगढी उपमहानगरपालिका-७ भानु चोक बस्ने बिष्णु चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय राम सिंह चौधरी समेत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ७ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो ।

यसैगरी, कैलाली गोदावरी नगरपालिका-१ बिजयनगर बस्ने केशव सिंह गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ६६ वर्षीय केशर सिंह गुरूङ समेत ९ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३१ हजार ३ सय ७० रूपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: १३ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?