Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

काँग्रेसलाई कुनैपनि शक्तिले सिध्याउन सक्दैनः मन्त्री चौरसिया


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेस नेता अजयकुमार चौरसियाले काँग्रेसलाई कुनैपनि शक्तिले सिध्याउन नसक्ने बताएका छन् ।

नेपाली काँग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै काँग्रेस र लोकतन्त्रमाथि पटकपटक आक्रमण भएपनि काँग्रेस झनै बलियो बनेर उभिएको काँग्रेस नेता अजयकुमार चौरसियाले बताएका छन् । उनले शहीदहरुको सहादत र लामो आन्दोलन, त्याग तपस्याबाट नेपाली काँग्रेस पार्टी बनेको भन्दै काँग्रेसमाथि जति प्रहार हुन्छ त्यति नै सशक्त हुने जिकिर गरे । उनले काँग्रेसहरु सबै मिलेर जाने हो भने तीन तहकै सरकारको नेतृत्व आगामी निर्वाचनबाट काँग्रेसले गर्ने दाबी गरे ।

उनले भने,‘आज नेपालमा तीन तहको सरकार छ । नेपाली काँग्रेसमाथि, यो देशको लोकतन्त्रमाथि पटक पटक आक्रमण भएको छ । पटकपटक टेक ओभर भएको छ । २०१७ सालदेखि, २०३० सालसम्मको आन्दोलन होस्, श्रद्धेय नेताहरुको नेतृत्वमा लोकतन्त्रको पुनःवहालीको लागि आन्दोलन भयो । नेपाली काँग्रेस, शहीदहरुको सहादत र लामो आन्दोलन, त्याग तपस्याबाट बनेको पार्टी हो । यसलाई कसैले कति शक्ति लगाएर सिध्याउने प्रयास गरे । तर नेपाली काँग्रेसमाथि जति प्रहार हुन्छ, काँग्रेस त्यति नै सशक्त भएर आउँछ । हामी सबै मिलेर एक भएर जाने हो भने मधेसमा पनि नेपाली काँग्रसको सरकार बन्छ, तीन तहमै अझ सशक्त र शक्तिशाली भएर नेपाली काँग्रेस स्थापित हुन्छ ।’

नेपालमा अहिले तीन तहको सरकार रहेको उल्लेख गर्दै राम्रो काम गरेर जनतालाई सुविधान दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?