Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

काँग्रेसलाई कुनैपनि शक्तिले सिध्याउन सक्दैनः मन्त्री चौरसिया


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेस नेता अजयकुमार चौरसियाले काँग्रेसलाई कुनैपनि शक्तिले सिध्याउन नसक्ने बताएका छन् ।

नेपाली काँग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै काँग्रेस र लोकतन्त्रमाथि पटकपटक आक्रमण भएपनि काँग्रेस झनै बलियो बनेर उभिएको काँग्रेस नेता अजयकुमार चौरसियाले बताएका छन् । उनले शहीदहरुको सहादत र लामो आन्दोलन, त्याग तपस्याबाट नेपाली काँग्रेस पार्टी बनेको भन्दै काँग्रेसमाथि जति प्रहार हुन्छ त्यति नै सशक्त हुने जिकिर गरे । उनले काँग्रेसहरु सबै मिलेर जाने हो भने तीन तहकै सरकारको नेतृत्व आगामी निर्वाचनबाट काँग्रेसले गर्ने दाबी गरे ।

उनले भने,‘आज नेपालमा तीन तहको सरकार छ । नेपाली काँग्रेसमाथि, यो देशको लोकतन्त्रमाथि पटक पटक आक्रमण भएको छ । पटकपटक टेक ओभर भएको छ । २०१७ सालदेखि, २०३० सालसम्मको आन्दोलन होस्, श्रद्धेय नेताहरुको नेतृत्वमा लोकतन्त्रको पुनःवहालीको लागि आन्दोलन भयो । नेपाली काँग्रेस, शहीदहरुको सहादत र लामो आन्दोलन, त्याग तपस्याबाट बनेको पार्टी हो । यसलाई कसैले कति शक्ति लगाएर सिध्याउने प्रयास गरे । तर नेपाली काँग्रेसमाथि जति प्रहार हुन्छ, काँग्रेस त्यति नै सशक्त भएर आउँछ । हामी सबै मिलेर एक भएर जाने हो भने मधेसमा पनि नेपाली काँग्रसको सरकार बन्छ, तीन तहमै अझ सशक्त र शक्तिशाली भएर नेपाली काँग्रेस स्थापित हुन्छ ।’

नेपालमा अहिले तीन तहको सरकार रहेको उल्लेख गर्दै राम्रो काम गरेर जनतालाई सुविधान दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?