Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँः कार्यवाहक प्रधानमन्त्री सिंह


काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठूला दलहरु नेपाली काँग्रेस र नेकपा(एमाले) लगायतको समिकरणमा सरकार बनाएको बताएका छन् ।

बुधवार भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव, २०८१ को उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री सिंहले ८÷९ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य गर्न नेपाली काँग्रेस र नेकपा(एमाले) लगायतका दलहरुको सरकार बनेको बताए । न ले गत निर्वाचनको परिणाम अनुरुपको संसद नै अस्थिर सरकार दिने खालको बनावटको रहेको उल्लेख गरेका छन्  । उनले राजनीतिक अस्थिरताका कारण अत्यावश्यक विधेयकहरु समेत पारित गर्न नसक्ने अवस्था भएका कारण स्थिर सरकार बनाउनुपरेको बताउदै उनले काँग्रेस–एमाले अधिकारका लागि लडेका पार्टी भएको भन्दै संविधानको मर्म र भावना विपरित गएर संविधानमा भएका अधिकारहरुको कटौती नगर्ने बताए ।
उनले भने – ‘राजनीतिक स्थिरता र स्थायित्व बिना अरु कुनै क्षेत्र स्थिर हुन नसक्ने भएको कारणले गर्दा सबभन्दा पहिले राजनीतिक स्थिरता दिनुप¥यो । गत निर्वाचनबाट जुन परिणाम आयो, संसदको बनावट कस्तो भयो भने ८÷९ महिनामा सरकार परिवर्तन भइराख्ने । आम जनतामा सरकार त टिक्दैन भने सरकारले हाम्रो लागि के राम्रो काम गर्छ र भन्ने भाष्य विकास हुन थाल्यो । भन्न त भन्छन्, संसदको ठुलो र दोस्रो ठूलो पार्टी एकै ठाउँमा आएर सरकार बनायो भने त संसदीय प्रणालीकै खिलापमा जान्छ कि भन्ने विचार पनि नआएको होइन । तर हामीले के बुझ्नुप¥यो भने अहिलेको राजनीतिक अस्थिरताको कारणले संसदबाट पनि विधेयकहरु पारित गर्न नसकेको कारणले पनि राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा(एमाले) लगायत अन्य दलहरु मिलेर अहिलेको यो सरकार बनेको छ । कांग्रेस–एमालेले आन्दोलन गरेर अधिकार संकुचित भयो । अधिकारमा स्वतन्त्र हुनुप¥यो भनेर लडेको पार्टीले सत्तामा गएपछि आफैँले जारी गरेको संविधानको भावना र मर्म विपरित हामी आफैँले जन्माएको संविधानमा भएका अधिकारहरु कटौती गर्ला भनेर सोच्नु जन्मदिने आमाले आफ्नो बालकको अहित चिताउँछ र ? चिताउँदैन नि ।’

उहाँले अर्थतन्त्रको गतिशिलतामा रोक लगाउने खालका कुनैपनि विधेयकहरु संसदमा नलैजाने बताएका छन्  ।


प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?