Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

मधेस प्रदेश सरकारका सय दिने कार्य विवरण सार्वजनिक


काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सय दिनको अवधिमा गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री सिंह नेतृत्वको मधेस सरकारले सय दिनको अवधिमा गरेका कामहरुको प्रगति विवरण सावर्जनिक गरिएको हो । मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको सय दिनको कामको विवरणमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन अध्यापनका लागि ५० सिटको स्वीकृति, नीति तथा कार्यक्रम तयार, विनियोजन विधेयक तयार तथा पारित, मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता, लोकसेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदको नियुक्ति, कर्मचारी सरुवा व्यवस्थापन उल्लेख छन् । प्रदेश सभामा बसेको २९ बैठक, प्रदेश सभाबाट पारित भएका प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा बनेको विधेयक पारित हुनुलाई समेत कामको विवरणमा समावेश गरिएको छ । सय दिने कार्यविवरण प्रश्तुत गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा सुशासन कायम गराउनको लागि आफूहरुले महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । कर्मचारी सरुवाको समस्यालाई व्यवस्थ्ति गरेको पनिबताए ।

मुख्यमन्त्री सिंहले सार्वजनिक गरेका सय दिने कामको विवरणमा अधिकांश लक्ष्य तथा योजनाहरु मात्रै उल्लेख गरिएको छ ।


प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?