Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्णः अध्यक्ष दाहाल


काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि खेल क्षेत्र र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताएका छन् ।

बुधवार अखिल नेपाल चेस एशोसिएशनको आयोजनामा भएको एफ.एम. सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता २०८१ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले आफूले पहिलोपटक प्रधानमन्त्री हुँदादेखि नै खेल र सांस्कृतिक क्षेत्रलाई विशेष ध्यान दिइरहेको बताएका छन् । उनले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको प्रवद्र्धन हुने बताए खेल क्षेत्र समाजमा अनुशासन र मर्यादा कायम गर्ने महत्वपूर्ण रणनीतिक क्षेत्र भएको उनले उल्लेख गरे । उनले सांस्कृतिक क्षेत्रले पनि देशका सबै जातजाति, भाषाभाषि, क्षेत्र, वर्ग, समुदायलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने बताए ।

उनले भने, ‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि नै दुईवटा क्षेत्रमा मेरो विशेष रुपले, राजनीति र विकास निर्माणको क्षेत्र बाहेक दुईवटामा मेरो विशेष ध्यान थियो र अहिले पनि छ । एउटा, खेलकुद नै हो । खेलकुदको माध्यमबाट राष्ट्रिय एकता प्रवद्र्धन गर्ने, देशको विकास र समृद्धिको एउटा नयाँ यात्रा शुरु गर्ने, समाजमा अनुशासन र मर्यादा कायम गर्ने एउटा विधितिर समाजलाई लैजाने महत्वपूर्ण रणनीतिक क्षेत्र खेल क्षेत्र हो भन्ने मेरो बुझाइको कारणले मैले खेललाई उच्च प्राथमिकता दिँदै आएको छु । अर्को संस्कृतिको क्षेत्र हो । किनकी संस्कृतिले पनि देशलाई जोड्न, हाम्रो देशका सबै जातजाति, भाषाभाषि, क्षेत्र, वर्ग, समुदाय सबै संस्कृतिलाई एउटै सूत्रमा बाँध्न र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न र त्यसरी विकास, समृद्धिको नयाँ यात्रा सुरु गर्ने क्षेत्र पनि हो भनेर मैले सांस्कृतिक क्षेत्रलाई पनि । मैले पहिलो पटक प्रधानमन्त्री हुँदा यसको निम्ति एउटा अक्षय कोष होस् भनेर मैले दिल खोलेर सांस्कृतिक क्षेत्रलाई सहयोग गरेको छु । किनकी यि दुईवटै क्षेत्र राष्ट्रिय एकताको लागि, अनुशासनको लागि, समाजमा मर्यादा कायम गर्नका लागि महत्वपूर्ण क्षेत्र हुन् भन्ने मेरो बुझाई हो ।’

अध्यक्ष दाहालले नेपालले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरुमा पनि पदक हासिल गर्न सफल भएको भन्दै यस वर्ष कहिल्यै नर्बिसने वर्ष बन्न गएको बताउदै उनले चेस प्रतियोगिता पनि बिस्तारै देशको खेल क्षेत्रमा महत्वपूर्ण प्रतियोगिताको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?