Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्णः अध्यक्ष दाहाल


काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकताका लागि खेल क्षेत्र र सांस्कृतिक क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताएका छन् ।

बुधवार अखिल नेपाल चेस एशोसिएशनको आयोजनामा भएको एफ.एम. सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता २०८१ उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले आफूले पहिलोपटक प्रधानमन्त्री हुँदादेखि नै खेल र सांस्कृतिक क्षेत्रलाई विशेष ध्यान दिइरहेको बताएका छन् । उनले खेलकुदको माध्यमबाट राष्ट्रिय एकताको प्रवद्र्धन हुने बताए खेल क्षेत्र समाजमा अनुशासन र मर्यादा कायम गर्ने महत्वपूर्ण रणनीतिक क्षेत्र भएको उनले उल्लेख गरे । उनले सांस्कृतिक क्षेत्रले पनि देशका सबै जातजाति, भाषाभाषि, क्षेत्र, वर्ग, समुदायलाई एउटै सूत्रमा बाँधेर राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने बताए ।

उनले भने, ‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि नै दुईवटा क्षेत्रमा मेरो विशेष रुपले, राजनीति र विकास निर्माणको क्षेत्र बाहेक दुईवटामा मेरो विशेष ध्यान थियो र अहिले पनि छ । एउटा, खेलकुद नै हो । खेलकुदको माध्यमबाट राष्ट्रिय एकता प्रवद्र्धन गर्ने, देशको विकास र समृद्धिको एउटा नयाँ यात्रा शुरु गर्ने, समाजमा अनुशासन र मर्यादा कायम गर्ने एउटा विधितिर समाजलाई लैजाने महत्वपूर्ण रणनीतिक क्षेत्र खेल क्षेत्र हो भन्ने मेरो बुझाइको कारणले मैले खेललाई उच्च प्राथमिकता दिँदै आएको छु । अर्को संस्कृतिको क्षेत्र हो । किनकी संस्कृतिले पनि देशलाई जोड्न, हाम्रो देशका सबै जातजाति, भाषाभाषि, क्षेत्र, वर्ग, समुदाय सबै संस्कृतिलाई एउटै सूत्रमा बाँध्न र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्न र त्यसरी विकास, समृद्धिको नयाँ यात्रा सुरु गर्ने क्षेत्र पनि हो भनेर मैले सांस्कृतिक क्षेत्रलाई पनि । मैले पहिलो पटक प्रधानमन्त्री हुँदा यसको निम्ति एउटा अक्षय कोष होस् भनेर मैले दिल खोलेर सांस्कृतिक क्षेत्रलाई सहयोग गरेको छु । किनकी यि दुईवटै क्षेत्र राष्ट्रिय एकताको लागि, अनुशासनको लागि, समाजमा मर्यादा कायम गर्नका लागि महत्वपूर्ण क्षेत्र हुन् भन्ने मेरो बुझाई हो ।’

अध्यक्ष दाहालले नेपालले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरुमा पनि पदक हासिल गर्न सफल भएको भन्दै यस वर्ष कहिल्यै नर्बिसने वर्ष बन्न गएको बताउदै उनले चेस प्रतियोगिता पनि बिस्तारै देशको खेल क्षेत्रमा महत्वपूर्ण प्रतियोगिताको रुपमा स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?