Trending
>>   चार प्रदेशमा हल्का बर्षाको सम्भावना ,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०८ गते शनिबार,हेर्नुहोस आजको राशिफल >>   उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश >>   दरबारमार्गमा फोहोर गरेको भन्दै एमालेलाई महानगरको १ लाख जरिवाना ! >>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि !
Logo
८ मंसिर २०८१, शनिबार
८ मंसिर २०८१, शनिबार

कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्य सम्पादन सम्झौता


काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबीच कार्य सम्पादन सम्झौता भएको छ ।

मंगलवार सिंहदरबारमा एक कार्यक्रमका बीच कार्यबहाक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच चालु आर्थिक वर्षमा मन्त्रालयले सम्पादन गर्नुपर्ने मुख्य काम र त्यसमा उपलब्धि हासिल गर्ने प्रतिवद्धतासहितको कार्य सम्पादन सम्झौतामा हस्ताक्षरसहित आदान प्रदान गरिएको हो । त्यस अवसरमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालयले गरेको सम्झौताहरु समयमा नै कार्यान्वयन गर्नका लागि आफूले सचिव गेलालसँग पनि कार्य सम्पादन सम्झौता गरेको बताएका छन् कार्यवाहक प्रधानमन्त्री सिंहले सो सम्झौतामा उल्लेख गरिएको प्रतिवद्धताहरुसहितको कार्य सम्पादन सम्झौताको पालना सचिव गेलालबाट अक्षरशः हुने विश्वास समेत व्यक्त गरे।

उनले भने ,‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग कार्य सम्पादन सम्झौता भएको थियो । त्यही निर्णय अनुसार अब मन्त्रालय, मन्त्रालयमा पनि सम्बन्धित मन्त्री र सचिवबीच पनि यो कार्य सम्पादन सम्झौता गर्नुपर्ने भएकाले कारणले त्यही प्रोग्राम अन्तर्गत हामीले आजको दिनमा यो कार्य सम्पादनमा श्रीमान सचिवज्यु र मेरो बीचमा जुन सम्झौता भएको छ । त्यसको खास गरेर यो आधार सम्माननीय प्रधानमन्त्रीज्युसँग यो मन्त्रालयको नेतृत्व सम्हालीरहेको मैले कार्य सम्पादनमा हस्ताक्षर गरेको थिएँ । ती कमिटमेन्टलाई मन्त्रालयभित्र पनि गर्नुपर्ने भएकाले सबै कार्यहरु समयमा हुने र कार्य सम्पादनमा कुनै बाधा अडचन नआउनेगरी सबैमा सेवा पु¥याउने गरी र प्रोग्राम, प्रोजेक्टहरु, कामहरु जुन छ, त्यो समयमा नै सम्पन्न हुनेगरी सम्झौतामा उल्लेख भएको कुराहरु अक्षरशः पालना हुन्छ भन्ने विश्वास लिएको छु । यो कार्य सम्पादनमा हामीले जुन हस्ताक्षर गरेका छौं । आउँदा दिनहरुमा तपाईले त्यसलाई प्रभावकारी तवरले त्यसलाई कार्यान्वयनमा विशेष ध्यान दिनु हुनेनै छ भन्ने विश्वास छ ।’

त्यस अवसरमा सचिव गेलालले पनि कार्यवाहक प्रधानमन्त्री सिंहसँग मन्त्रालयको कार्य सम्पादनका लागि गरिएको सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सम्झौंतामा मन्त्रालयको सञ्चालित आयोजना एवं कार्यक्रम तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयावधिमा सम्पन्न गर्दै सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र सुशासनमा दूरगामी प्रभाव पार्ने र जनताले प्रत्यक्ष अनुभुति गर्नेगरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनावद्ध सहरीकरणद्वारा राष्ट्रको विकास गर्ने प्रतिवद्धता जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत भाद्र २७ गते उपप्रधानमन्त्री र मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गरी चालु आर्थिक वर्षको काम कारबाहीलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिएका छन् ।


प्रकाशित मिति: ८ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?