Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव


काठमान्डौ।  नेपालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि चिकित्सकहरुको अभाव रहेको पाइएको छ । बालबालिकामा हुने क्यान्सर रोगीहरुको संख्या बढ्दै गइरहेपनि त्यसको तुलनामा उपचार गर्ने विशेषज्ञहरु भने पर्याप्त नभएको चिकित्सक सनी सिपाईंले बताउनुभएको हो । कान्ति बाल अस्पतालमा कार्यरत उहाँले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा बालबालिकामा हुने क्यान्सर रोग उपचारका लागि चिकित्सकहरुको नै अभाव रहेको बताउनु भयो । उहाँले कान्ति बाल अस्पतालमा पनि आफूसहित २ जना चिकित्सकको भरमा उपचार गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनु भयो । चिकित्सक सिपाईंले सरकारले क्यान्सर अस्पतालहरुको स्तरोन्नति गरेर यसको जाँचका लागि बाहिरको भर पर्ने अवस्थाको अन्त्य गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले चिकित्सकहरुको पर्याप्तता छैन । किनभने निश्चित रुपमा धेरैजसो जति पनि सेवा दिईरहेका छन् । यी केन्दहरुमा नै छन् । केन्द्रहरुबाट सेवा दिन पनि सबै ठाउँमा पर्याप्त छैनन् । कान्तिको हकमा म र अर्का एक जना चिकित्सक हुनुहुन्छ भने अन्य सेवाहरुमा एक जना वा दुई जना हुनुहुन्छ । जसले गर्दा ती सेवा केन्द्रहरुमा सेवा गर्न पनि केही कठिनाईहरु छन् भने नेपालमा काठमाडौं बाहिर ती सेवा पु¥याउनका लागि अझै पनि पर्याप्त जनशक्तिको अभाव नै छ जस्तो लाग्छ । सरकारले सेवा दिइरहेका अस्पतालहरुमा स्तरोन्नति गर्नुप¥यो । जाँच गर्नका लागि जुन बाहिर पठाउनुपर्ने अवस्था छ, त्यो नेपालमा नै गर्न सकियोस् ।’

बालिबालिकाहरुमा धेरैजसो ब्लड क्यान्सर देखिएको विभिन्न अध्ययनहरुले देखाएको छ । करिव ६० प्रतिशत भन्दा बढी बालबालिकाहरुमा ब्लड क्यान्सर देखिएको चिकित्सक सिपाईंको भनाई छ । उहाँले त्यसैगरी उनीहरुको बे्रने टयुमर, आँखा, नसा र मृर्गौलामा हुने क्यान्सर पनि क्रमशः देखिएको उपचारको क्रममा पाइएको पनि बताउनु भयो ।चिकित्सक सिपाईले भन्नुभयो, ‘बालबालिकामा धेरैजसो ब्लड क्यान्सर देखिने गरेको पाइएको छ । ६०÷६५ प्रतिशत जति पनि क्यान्सर छ, त्यो बालबालिकाहरुमा हुने रगतको नै क्यान्सर हो । त्यसपछि ब्रेन ट्युमर, अरु अंगहरुमा आँखामा हुने, नशामा हुने, मिर्गौलामा हुने क्यान्सरहरु क्रमशः देखिदै आएका छन् ।’

नेपालमा वार्षिक करिव १५ सयसम्म बालिबालिकाहरुमा क्यान्सर देखिने प्रक्षेपण छ । त्यही प्रक्षेपणको आधारमा सो रोगका लागि उपचारको व्यवस्था मिलाउने काम गरिएको छ । कान्ति बाल अस्पतालमा मात्रै सो रोग लागेका बालबालिकाहरु वार्षिक रुपमा करिव १६० देखि २ सयसम्म आउने गरेको अस्पतालले जनाएको छ । चिकित्सक सिर्पाइले भन्नुभयो, ‘नेपाल वार्षिक सरदर हजारदेखि १५ सय जति बालबालिकाहरुमा क्यान्सर रोग देखिने प्रक्षेपण छ । त्यही प्रक्षेपणको आधारमा हामीले हाम्रो कार्यक्रमहरुलाई अगाडि बढाईराखेका छौं । र कान्तिको नै हेर्ने हो भने पनि वार्षिक १६० देखि २ सयसम्म रहने गरेको छ । त्यस्तै अन्य अस्पतालहरु, जसले त्यो सेवा दिइरहेका छन् । त्यस हिसावले पनि त्यो प्रक्षेपण गरेर हामीले वार्षिक करिव १५ सय जति हुन सक्छ भनेर अनुमान गरिरहेका छौँ । ’

चिकित्सकहरुले सो रोगको उपचारका लागि नेपालमा करिव ८ लाख रुपैयाँसम्म खर्च हुने जानकारी गराएका छन् । चिकित्सक सिपाईंका अनुसार परीक्षणको लागि खासगरी भारत पठाउनुपर्ने भएकाले उपचार खर्च बढ्न सक्नेछ ।


प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?