Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

अब देश सम्हाल्न गाह्रो छः रविन्द्र मिश्र


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले भ्रष्टाचार वडा तहमै पुगेको बताएका छन्  ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीयतापछि भ्रष्टाचार वडा वडामा पुगेको बताएका छन् । उनले संघीयतामा तल तलसम्म अधिकार पुर्याउने  नाममा भ्रष्टाचार लगेको आरोप लगाएका छन् । उनले राजनीतिक दलहरु नैतिक संकटको पतनमा रहेको बताए । उनले अब देश सम्हाल्नै गाह्रो रहेको भन्दै अन्तर्राष्ट्रिय भूराजनीतिका द्वन्द्वमा नेपाल फसेको बताएका छन् ।

उनले भने, ‘हामीले संघीयतामा तल तलसम्म अधिकार पुर्याउने भन्यौँ । पञ्चायत हुँदा भ्रष्टाचार अलिकति दरबारको वरिपरी सिमित थियो । बहुदल आएपछि त्यो सिंहदरबार र ७५ जिल्लामा फैलियो । र गणतन्त्र आएपछि अब त वडा वडामा पुग्यो । बजेटको झन्डै २४ प्रतिशत संघीयतामा जान्छ । तल २१ महिनामा २४ वटा मुख्यमन्त्री भएको छ, २५५ जना मन्त्री भएका छन् । नैतिक संकटको हामी तल्लो तहमा पुगेका छौँ । अब यो देश सम्हाल्न गाह्रो हुन्छ । जतिसुकै सम्हाल्छौँ भनेपनि यो सम्हाल्न गाह्रो अवस्था छ । एउटा अन्तर्राष्ट्रिय भूराजनीतिका कारण । अन्तर्राष्ट्रिय भूराजनीति अहिले चीन र भारत जसरी सर्वशक्तिमान बन्दैछन्, त्यसको कारणले गर्दा एशियातिर सिफ्ट भएका छन् ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले भावी पुस्तालाई बस्नै अयोग्य हुने देश हस्तान्तरण गरिरहेको बताएका छन्।


प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?