Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

अब देश सम्हाल्न गाह्रो छः रविन्द्र मिश्र


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले भ्रष्टाचार वडा तहमै पुगेको बताएका छन्  ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संघीयतापछि भ्रष्टाचार वडा वडामा पुगेको बताएका छन् । उनले संघीयतामा तल तलसम्म अधिकार पुर्याउने  नाममा भ्रष्टाचार लगेको आरोप लगाएका छन् । उनले राजनीतिक दलहरु नैतिक संकटको पतनमा रहेको बताए । उनले अब देश सम्हाल्नै गाह्रो रहेको भन्दै अन्तर्राष्ट्रिय भूराजनीतिका द्वन्द्वमा नेपाल फसेको बताएका छन् ।

उनले भने, ‘हामीले संघीयतामा तल तलसम्म अधिकार पुर्याउने भन्यौँ । पञ्चायत हुँदा भ्रष्टाचार अलिकति दरबारको वरिपरी सिमित थियो । बहुदल आएपछि त्यो सिंहदरबार र ७५ जिल्लामा फैलियो । र गणतन्त्र आएपछि अब त वडा वडामा पुग्यो । बजेटको झन्डै २४ प्रतिशत संघीयतामा जान्छ । तल २१ महिनामा २४ वटा मुख्यमन्त्री भएको छ, २५५ जना मन्त्री भएका छन् । नैतिक संकटको हामी तल्लो तहमा पुगेका छौँ । अब यो देश सम्हाल्न गाह्रो हुन्छ । जतिसुकै सम्हाल्छौँ भनेपनि यो सम्हाल्न गाह्रो अवस्था छ । एउटा अन्तर्राष्ट्रिय भूराजनीतिका कारण । अन्तर्राष्ट्रिय भूराजनीति अहिले चीन र भारत जसरी सर्वशक्तिमान बन्दैछन्, त्यसको कारणले गर्दा एशियातिर सिफ्ट भएका छन् ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले भावी पुस्तालाई बस्नै अयोग्य हुने देश हस्तान्तरण गरिरहेको बताएका छन्।


प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?