Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

प्रकृति नभए संस्कृति र सभ्यता बाँच्दैनः प्रथम राष्ट्रपति यादव


काठमाडौं। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रकृति नभए संस्कृति र सभ्यता बाँच्न नसक्ने बताएका छन् ।

आईतवार काठमाडौंमा वृहत नाट्यग्रन्थ नेपाली नाट्यविमर्श लोकार्पण कार्यक्रममा बोल्दै उनले सानो मुलुक भएपनि नेपाल प्रकृतिले भरिपूर्ण रहेको बताएका छन् । उनले मुलुक सानो नरहेको भन्दै तीन करोड जनसंख्यालाई मिलाएर लैजान सक्नुपर्ने बताउदै नेपालीहरु सारा विश्वमा नै फैलिएको बताए ।
उनले भने, ‘प्रकृति नभए संस्कृति र सभ्यता पनि बाँच्न सक्दैन । हाम्रो सानो मुलुक ठूलो मुलुकको बीचमा छ, त्यसैले सानो छ । तर हाम्रो मुलुक सानो छैन । तीन करोड हाम्रो जनसंख्या छ । नेपालीहरु सारा संसारमा फैलिएको छ । यो पुस्तकमा भारतका विभिन्न ठाउँका, साथै नेपालका विभिन्न क्षेत्रका नाटकहरुको बारेमा लेख्नुभएको छ । विभिन्न ठाउँमा हाम्रो देशका नागरिकहरु छन् । नेपालीहरु अहिले सारातिर फैलिसकेका छन् ।’

प्रथम राष्ट्रपति यादवले नाट्य विधा उत्कृष्ट र महत्वपूर्ण रहेको बताएका छन् ।


प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?