Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रकृति नभए संस्कृति र सभ्यता बाँच्दैनः प्रथम राष्ट्रपति यादव


काठमाडौं। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रकृति नभए संस्कृति र सभ्यता बाँच्न नसक्ने बताएका छन् ।

आईतवार काठमाडौंमा वृहत नाट्यग्रन्थ नेपाली नाट्यविमर्श लोकार्पण कार्यक्रममा बोल्दै उनले सानो मुलुक भएपनि नेपाल प्रकृतिले भरिपूर्ण रहेको बताएका छन् । उनले मुलुक सानो नरहेको भन्दै तीन करोड जनसंख्यालाई मिलाएर लैजान सक्नुपर्ने बताउदै नेपालीहरु सारा विश्वमा नै फैलिएको बताए ।
उनले भने, ‘प्रकृति नभए संस्कृति र सभ्यता पनि बाँच्न सक्दैन । हाम्रो सानो मुलुक ठूलो मुलुकको बीचमा छ, त्यसैले सानो छ । तर हाम्रो मुलुक सानो छैन । तीन करोड हाम्रो जनसंख्या छ । नेपालीहरु सारा संसारमा फैलिएको छ । यो पुस्तकमा भारतका विभिन्न ठाउँका, साथै नेपालका विभिन्न क्षेत्रका नाटकहरुको बारेमा लेख्नुभएको छ । विभिन्न ठाउँमा हाम्रो देशका नागरिकहरु छन् । नेपालीहरु अहिले सारातिर फैलिसकेका छन् ।’

प्रथम राष्ट्रपति यादवले नाट्य विधा उत्कृष्ट र महत्वपूर्ण रहेको बताएका छन् ।


प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?