Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट कृष्णा पौडेलसहितका पत्रकार पुरस्कृत


काठमाडौं। यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार कृष्णा पौडेलसहितका पत्रकारहरुलाई प्रदान गरिएको छ ।

आईतवर राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहका बीच न्युज एजेन्सी नेपालकी सम्पादक पौडेल, दुर्गा खनाल, दिपक रिजाल, रोशन श्रेष्ठ, खडकबहादुर श्रेष्ठ (प्रताप), प्रकाशचन्द्र भट्टराई, दिलिप पौडेल, ध्रुव सुवेदी, रमेश तिवारी, शन्तराम बिडारी, राजेन्द्र कार्की, लक्ष्मण तिवारी, भरतराज विष्ट र सविन प्रियासन (चौधरी)लाई सो पुरस्कारबाट पुरस्कृत गरिएको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्यूटलाई प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारद्धारा सम्मान गर्नुभयो । सो पुरस्कारको राशी १ लाख ५१ हजार रुपैयाँ रहेको छ । त्यसैगरी बद्री सिग्देललाई प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार दिइएको छ । सो पुरस्कारको राशी १ लाख १० हजार रहेको छ ।

समारोहमा प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कार, प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको छ ।


प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?