Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट कृष्णा पौडेलसहितका पत्रकार पुरस्कृत


काठमाडौं। यस वर्षको प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार कृष्णा पौडेलसहितका पत्रकारहरुलाई प्रदान गरिएको छ ।

आईतवर राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहका बीच न्युज एजेन्सी नेपालकी सम्पादक पौडेल, दुर्गा खनाल, दिपक रिजाल, रोशन श्रेष्ठ, खडकबहादुर श्रेष्ठ (प्रताप), प्रकाशचन्द्र भट्टराई, दिलिप पौडेल, ध्रुव सुवेदी, रमेश तिवारी, शन्तराम बिडारी, राजेन्द्र कार्की, लक्ष्मण तिवारी, भरतराज विष्ट र सविन प्रियासन (चौधरी)लाई सो पुरस्कारबाट पुरस्कृत गरिएको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्यूटलाई प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारद्धारा सम्मान गर्नुभयो । सो पुरस्कारको राशी १ लाख ५१ हजार रुपैयाँ रहेको छ । त्यसैगरी बद्री सिग्देललाई प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार दिइएको छ । सो पुरस्कारको राशी १ लाख १० हजार रहेको छ ।

समारोहमा प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार, प्रेस काउन्सिल महिला सशक्तिकरण पुरस्कार, प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको छ ।


प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?