Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

चुरे संरक्षणको माग गर्दै मधेसमा प्रदर्शन


काठमाडौं। मधेसमा चुरे संरक्षण अभाव र पानीको अभाव लगायतका समस्या समाधानको माग गर्दै चुरे अभियानीहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको छ ।

चुरे तथा वननजंगल संरक्षण अभियानका सुनिल यादवको अगुवाईमा अभियन्ताहरुले मधेसको मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । चुरे वनजंगलको संरक्षण तथा संवद्र्धन, भूमिहिन सुकुम्वासीहरुलाई भूमि अधिकार, अवैध उत्खननमा रोक लगायतका माग राख्दै अभियानीहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको अभियानका संयोजक सुनिल यादवले बताए  ।

चुरे संरक्षण आन्दोलनको १ सय ३ औँ दिनमा मधेस सरकारलाई घच्घचाउन आफूहरुले प्रदर्शन गरेको बताउनु भयो । प्रदेश सरकारले वनजंगल संरक्षण गर्नुको साटो वनजंगललाई मास्ने गरी डिएफओ सरुवा गरिएको यादवले आरोप लगाउनु भयो । उहाँले काम गरिरहेका डिएफओहरुलाई सरुवा गरिएको तर लामोसमयसम्म एकै ठाउँमा रहेका डिएफओ सरुवा नगनुर्ले प्रदेश सरकारको नियत पनि वनजंगल संरक्षण नगर्ने रहेको कुरा स्पष्ट भईसकेको बताउनु भयो ।


प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?