Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

चुरे संरक्षणको माग गर्दै मधेसमा प्रदर्शन


काठमाडौं। मधेसमा चुरे संरक्षण अभाव र पानीको अभाव लगायतका समस्या समाधानको माग गर्दै चुरे अभियानीहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको छ ।

चुरे तथा वननजंगल संरक्षण अभियानका सुनिल यादवको अगुवाईमा अभियन्ताहरुले मधेसको मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । चुरे वनजंगलको संरक्षण तथा संवद्र्धन, भूमिहिन सुकुम्वासीहरुलाई भूमि अधिकार, अवैध उत्खननमा रोक लगायतका माग राख्दै अभियानीहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरेको अभियानका संयोजक सुनिल यादवले बताए  ।

चुरे संरक्षण आन्दोलनको १ सय ३ औँ दिनमा मधेस सरकारलाई घच्घचाउन आफूहरुले प्रदर्शन गरेको बताउनु भयो । प्रदेश सरकारले वनजंगल संरक्षण गर्नुको साटो वनजंगललाई मास्ने गरी डिएफओ सरुवा गरिएको यादवले आरोप लगाउनु भयो । उहाँले काम गरिरहेका डिएफओहरुलाई सरुवा गरिएको तर लामोसमयसम्म एकै ठाउँमा रहेका डिएफओ सरुवा नगनुर्ले प्रदेश सरकारको नियत पनि वनजंगल संरक्षण नगर्ने रहेको कुरा स्पष्ट भईसकेको बताउनु भयो ।


प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?