Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

जबज नेपालको मौलिक राजनीतिक सिद्धान्त होः कार्यवाहक अध्यक्ष पोखरेल


काठमाडौं। नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलिय जनवाद (जबज) नेपालको मौलिक राजनीतिक सिद्धान्त भएको बताएका छन् ।

शनिवार ललितपुरको जाउलाखेलमा मदन भण्डारी फाउण्डेसनको रजत जयन्ती अवसरमा गरिएको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै पोखरेलले मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय राजनीतिमा सही राजनीति दिशा निर्देश गर्नेगरी अगाडि बढ्नुपर्ने बताए । न ले अहिलेका चुनौतीहरूलाई पहिचान गरी वैचारिक हिसावले दिशानिर्देश गर्ने काममा पनि आगामी दिनमा फाउण्डेशनले योगदान गर्नुपर्ने बताएका छन् । उनले नेपालको सन्दर्भमा माक्र्सवादलाई प्रयोग गर्दा विकसित भएको विचार जबज भएको बताए । उनले जबजको विचार कतैबाट सापट लिएको विचार नभइ आफ्नै देशमा अभ्यास गरेर विकसित भएको विचार भएको बताउदै उनले जनताको बहुदलीय जनवाद स्थापित भएपछि पनि बेलाबेला चुनौतीहरू आउने गरेको बताए ।

उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नकारात्मक कुराहरूलाई मनन गरेर विकसित भएको, दर्शन र सिद्धान्तले निकालेका निष्कर्षबाट जनताको बहुदलीय जनवाद सूत्रवद्ध भएको बताउदै उनले जबजको आलोकमा समाजवाद उन्मुख हुने बाटोमा मुलुक रहेको बताए। उनले संविधान संशोधन आवश्यक रहेको भन्दै संशोधनको विषय सबैसँग छलफल गरेर सरकार अघि बढ्ने बताएका छन् ।


प्रकाशित मिति: ६ आश्विन २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?