काठमाडौं। सत्तारुढ नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस–एमालेको सत्ता सहकार्यले मुलुकमा सकारात्मक सन्देश दिएको बताएका छन् ।
शनिवार काभ्रेको धुलिखेलमा विपी कोईरालाको शालिक अनावरण गर्दै सभापति देउवाले सत्ताका लागि कचकच भईरहेका बेला दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको बताउदै सत्ता सहकार्य गरेर दलहरुले जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
सभापति देउवाले पार्टीलाई आगामी निर्वाचनमा कम्तिमा पहिलो पार्टी बनाउने गरी मेहनत गरेर जनताको पक्षमा खटिएर काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिदै उनले काँग्रेसले बढी गफ गर्छ, काम गर्दैन भन्ने गुनासो आईरहेको भन्दै दुःखमा परेका जनताको पक्षमा काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका छन् ।
सभापति देउवाले संविधानमा समावेशी समानुपातिक सिष्टमका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पुर्याउने गरी काँग्रेसले मेहनतका साथ काम गर्नुपर्ने बताए।
प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार