Trending
>>   सभापति थापाको टिप्पणीः विद्यालय शिक्षा विधेयक शिक्षक विधेयक जस्तै भयो >>   शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पुर्याउनुपर्ने टड्कारो चुनौति छः सभापति देउवा >>   रक्षा मन्त्रालयमा मानवीर राईको एक वर्षः ७ सुरुङमध्ये एकमा ब्रेक थ्रु, ८९ पुलमध्ये ५ वटा… >>   सरकारका गुण र दोषको जिम्मेवारी काँग्रेस—एमाले दुवैले लिनुपर्छः नेता सिटौला >>   लुटपाट गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ >>   जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा >>   संस्कृति समाजको प्राण होः मन्त्री पाण्डे >>   संसद भवन निर्माण ढिलाईः कार्ययोजनासहित छलफलमा आउन संसदीय समितिले गर्यो शहरी विकास मन्त्रालयलाई पत्राचार >>   नेपाल कानून आयोगको सुझावः कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याएको भए उपयुक्त हुन्थ्यो >>   मन्त्री मण्डल पुनःगठन गर्नेकुरा सामान्य होः मन्त्री गुरुङ
Logo
२ श्रावण २०८२, बिहीबार
२ श्रावण २०८२, बिहीबार

नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढ्योः अध्यक्ष दाहाल


काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढेको बताएका छन् ।

शनिवार काठमाडौंमा आायेजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहाललेअहिले नयाँ शितयुद्ध चलिरहेको र त्यसको केन्द्रबिन्दु नेपाल बन्नसक्ने खतरा विज्ञहरुले औंल्याएको बताएका छन्  । उनले अहिले असामान्य ढंगको परिस्थिति सिर्जना भइरहेको बताउदै अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति सामान्य नरहेको बताए । राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरु भइरहेको बताउदै उनले अहिले संसार तस्रो विश्वयुद्धको संघारमा रहेको बताए ।

उनले भने, ‘यतिबेलाको परिस्थिति, समग्र विश्व परिस्थिति पनि अहिले असाधारण, असामान्य ढंगले बढेको छ । चाहे रुस, युक्रेन युद्ध, ढाई वर्षदेखि चलिरहेको छ । त्यसको विश्वव्यापी असर छ । इजरायल र हमासबीच चलिरहेको लडाईं वा इरान र इजरायलको बीचमा कति बेला विष्फोट हुन्छ थाहा छैन । अहिले संसार तस्रो विश्वयुद्धको संघारमा छ । ढोकामै आइपुगेको छ भन्न पनि शुरु गरिएको छ । विश्व पहिलाको भन्दा पनि अुसरक्षित भएको छ । अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एशियामा पनि परेको छ । श्रीलंका, बंगलादेशको घटनालाई हेर्दा थाहा हुन्छ । नेपललाई राम्रोसँग उपयोग गर्न जान्यो भने नेपालको निम्ति ठूलो अवसर छ, हामीले जानेनौँ र सकेनौँ भने निकै ठूलो दुर्घटनामा पनि जानसक्छ । नयाँ शितयुद्ध चलिरहेको र यसको केन्द्रबिन्दु नेपाल पो हुने हो की भन्ने कतिपयले भनेका छन् । अहिले शक्तिराष्ट्रहरुको ध्यान र चलखेल नेपालमा अलि बढी नै छ । अन्तर्राष्ट्रिय परिस्थिति त्यस्तो छ, राष्ट्रिय परिस्थिति पनि सामान्य छैन । राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरु केही समय यता भएका छन् । संसदीय प्रणालीमा पहिलो र दोस्रो ठूलो दलको सरकार प्रायः बनाउँदैनन् ।’

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एशियामा पनि परेको बताएका छन्  ।


प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?