Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढ्योः अध्यक्ष दाहाल


काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा शक्तिराष्ट्रहरुको चलखेल बढेको बताएका छन् ।

शनिवार काठमाडौंमा आायेजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहाललेअहिले नयाँ शितयुद्ध चलिरहेको र त्यसको केन्द्रबिन्दु नेपाल बन्नसक्ने खतरा विज्ञहरुले औंल्याएको बताएका छन्  । उनले अहिले असामान्य ढंगको परिस्थिति सिर्जना भइरहेको बताउदै अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थिति सामान्य नरहेको बताए । राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरु भइरहेको बताउदै उनले अहिले संसार तस्रो विश्वयुद्धको संघारमा रहेको बताए ।

उनले भने, ‘यतिबेलाको परिस्थिति, समग्र विश्व परिस्थिति पनि अहिले असाधारण, असामान्य ढंगले बढेको छ । चाहे रुस, युक्रेन युद्ध, ढाई वर्षदेखि चलिरहेको छ । त्यसको विश्वव्यापी असर छ । इजरायल र हमासबीच चलिरहेको लडाईं वा इरान र इजरायलको बीचमा कति बेला विष्फोट हुन्छ थाहा छैन । अहिले संसार तस्रो विश्वयुद्धको संघारमा छ । ढोकामै आइपुगेको छ भन्न पनि शुरु गरिएको छ । विश्व पहिलाको भन्दा पनि अुसरक्षित भएको छ । अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एशियामा पनि परेको छ । श्रीलंका, बंगलादेशको घटनालाई हेर्दा थाहा हुन्छ । नेपललाई राम्रोसँग उपयोग गर्न जान्यो भने नेपालको निम्ति ठूलो अवसर छ, हामीले जानेनौँ र सकेनौँ भने निकै ठूलो दुर्घटनामा पनि जानसक्छ । नयाँ शितयुद्ध चलिरहेको र यसको केन्द्रबिन्दु नेपाल पो हुने हो की भन्ने कतिपयले भनेका छन् । अहिले शक्तिराष्ट्रहरुको ध्यान र चलखेल नेपालमा अलि बढी नै छ । अन्तर्राष्ट्रिय परिस्थिति त्यस्तो छ, राष्ट्रिय परिस्थिति पनि सामान्य छैन । राष्ट्रिय परिस्थितिमा पनि केही असाधारण कुराहरु केही समय यता भएका छन् । संसदीय प्रणालीमा पहिलो र दोस्रो ठूलो दलको सरकार प्रायः बनाउँदैनन् ।’

अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय तनावको प्रभाव दक्षिण एशियामा पनि परेको बताएका छन्  ।


प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?