Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरेर गर्व गर्न लायक काम गरेँः अध्यक्ष दाहाल


प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो पटक प्रधानमन्त्री हुँदा गर्व गर्न लायक काम जनयुद्धका शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा आधिकारिक र औपचारिक घोषणा गर्नु रहेको बताएका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले खुशी व्यक्त गर्ने बेला भएको उल्लेख गर्दै १५÷१६ वर्ष अगाडिको सिंहदरबारमा थन्किएको विषयमा आधिकारिता र औपचारिकता दिने काम गरेको बताए । उनले उक्त निर्णय हजारौँ शहीदहरुको निम्ति र बेपत्ता योद्धाहरुलाई गरिएको उच्च सम्मान भएको जिकिर गर्दै उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा नै जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा र विदा दिने निर्णय गर्नु पनि गर्व गर्न लायक विषय भएको बताए । उनले आफू नेतृत्वको सरकार नभएको भए कल्पनामा मात्रै सिमित हुने बताउदै उनले आफू प्रधानमन्त्रीमा रहँदै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तिम रुप दिने कामका लागि कार्यदलको गठन गरेको र अहिले सफल भएको दाबी गरेका छन् ।

उनले भने, ‘हामीले अहिले खुशी व्यक्त गर्ने बेला पनि हो यो । हामीले आजसम्म पनि जनयुद्धका महान शहीदहरुलाई राष्ट्रिय शहीदको रुपमा आधिकारिक र औपचारिक घोषणा गर्न सकेका थिएनौँ । यो पटक मैले प्रधानमन्त्रीको रुपमा गरेको एउटा गर्व गर्न लायक काम भनेको १५÷१६ वर्ष अगाडिको सिंहदरबारको एउटा कोठामा थन्किएको माइनट खोजेर त्यतिबेला भएको डिसिजनलाई आधिकारिता, औपचारिकता दिने र राजपत्रमा प्रकाशित गर्ने काम भएको छ । यो हाम्रा हजारौँ शहीदहरुको निम्ति र बेपत्ता योद्धाहरुलाई गरिएको उच्च सम्मान हो । त्यो अब मेटिने छैन । राष्ट्रिय शहीदका रुपमा उहाँहरु अब अजरअमर औपचारिक रुपमा पनि हुनुभएको छ । यही पटक हामीले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको घोषणा ग¥यौँ । विदा दिने निर्णय पनि ग¥यौँ । विदा दियाँै पनि । जनयुद्ध दिवस राष्ट्रिय दिवस भनेर सरकारी क्यालेण्डरमा र अरु सबै औपचारिकता पूरा ग¥यौँ । त्यो पनि खुशी र गर्वको कुरा हो । यदी हाम्रो नेतृत्वमा सरकार हुँदैन थियो भने जनयुद्धका हजारौँ शहीदलाई राष्ट्रिय शहीदको सम्मान या जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस र विदाको कुरा कल्पना पनि सम्भव थिएन । १८ महिनादेखिको लगातार प्रयासले अन्तिममा तपाईंहरुले देख्नुभयो, बालुवाटारमा मेरो अन्तिम बैठक नै त्यही थियो । सर्वदलीय बैठक बोलाएर यो टिआसरीसँग सम्बन्धित विधेयकलाई अन्तिम रुप दिने कार्यदल मैले नै प्रश्तावित गरेर टुंग्याइएको छ । त्यो अहिले अनुमोदन गर्ने काम भइसकेको छ ।’
बा

अध्यक्ष दाहालले माओवादी नेताहरुको मुद्दा सबैका एउटै भएकाले एक ठाउँमा आउनुको विकल्प नरहेको बताउदै सबैले माओवादीलाई एकीकृत र केन्द्रिकृत गरेसँगै शक्तिशाली भइने बताएका छन् ।


प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?